देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ: दीपकराज गिरी « Khabarhub

देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ: दीपकराज गिरी


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनले फिल्म रिलिजका बेला सामाजिक सञ्जालबाटै फिल्मको प्रचार गर्न भ्याएका हुन्छन् भने देशको राजनीतिक अवस्थाबारेमा पनि उनले व्यङ्ग्य गरेका हुन्छन् ।

यसैबीच कलाकार गिरीले देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने धारणा राखेका छन् । पछिल्लो केही दिन सीके राउतले राजनीतिक माहोल तताइरहेका बेला गिरीले यस्तो लेखेका हुन् ।

यद्यपि उनले आफ्नो भनाइमा व्यक्ति विशेषभन्दा पनि प्रवृत्तिलाई जोड दिएका छन् ।

‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ, देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’, दीपकराज गिरीले फेसबूकमा लेखेका छन् ।

फिल्मको कुरा गर्ने हो भने दीपकराज गिरीले रोहित अधिकारीसँग मिलेर नयाँ फिल्ममा काम गर्दैछन् । जुन फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १२ : ११ बजे

घरको चौघेराबाट निस्केर सहकारीको नेतृत्वमा सञ्जु

विराटनगर : विवाह भएपछि जीवनको आधा समय त्यसै बित्छ ।

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए

वालिङ– स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन्

सरकारकाे तथ्यांक विश्वसनीय हुनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ- सांसदहरूले देशको तथ्यांक विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन्

विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द

लमजुङ- विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७

पर्साबाट १४४ किलो गाँजा बरामद

काठमाडौँ- सशस्त्र प्रहरीले पर्साबाट १४४  किलो गाँजा बरामद गरेकाे छ