‘जनअभिमतको अर्थ जनमत संग्रह होइन, धोका दिने सिद्धिन्छ’ | Khabarhub Khabarhub

‘जनअभिमतको अर्थ जनमत संग्रह होइन, धोका दिने सिद्धिन्छ’


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सीके राउतसमूहसँग गरेको सहमतिपछि आएका विभिन्न टिक्का टिप्पणीलाई सरकारले गम्भीर रुपमा लिएको छ ।

सहमतिमा प्रयोग भएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधी’ शब्दको अर्थ ‘जनमतसंग्रह’ नभएको प्रष्ट पार्दै सरकारले यस्तो व्याख्या सहमतिविपरीत हुने जनाएको छ । सहमतिमा हस्ताक्षरकर्तासमेत रहेका गृहमन्त्री रामबहादुर थापाले सहमति विपरीत जाने र धोका दिने सिद्धिने भन्दै चेतावनीपूर्ण जवाफ दिएको कान्तिपुर दैनिकमा खबर छ ।

मन्त्री थापाले मधेशका विषयमा जनमत संग्रह गर्ने कुनै विषय नउठेको पनि बताएका छन् ।

सहमति विपरीत र्‍याली शीर्षकको समाचारमा सीके राउत सरकारसँग सहमतिपछि र्‍यालीसहितको प्रर्दशनमा उत्रिएका छन् । उनी रहेको र्‍यालीमा ‘फ्रीमधेस’ लेखिएका व्यानर पनि प्रदर्शन गरिएको छ ।

राउतको सुरक्षाका लागि बेग्लै सुरक्षादस्ता पनि सार्वजनिक गरिएको थियो । यो घटनालाई प्रदेश सरकारले भने आपत्ति जनाएको छ । सीके राउत समूहले प्रदेश २ को जनकपुरमा गरेको प्रदर्शन सरकारसँग भएको सहमति विपरीत रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

त्यस्तै कोरियामा एकै वर्षमा १० हजार नेपाली युवालाई लगिने, जसमध्ये उत्पादन क्षेत्रमा ७ हजार ५० र कृषिमा ३ हजारलाई लैजाने, कोरिया जानेको न्यूनतम तलब १ लाख ५० हजार हुनेलगायतका खबर मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : ५५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको