त्रासमा म्यानपावर व्यवसायी, सरकारले सुरक्षा दिन सक्ला ? | Khabarhub Khabarhub

त्रासमा म्यानपावर व्यवसायी, सरकारले सुरक्षा दिन सक्ला ?


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठनले गत शुक्रवार रातिवैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटगराएर क्षति पुर्‍याएपछि वैदेशिक रोजगार व्यवसायीहरु त्रसित भएका छन् ।

उक्त घटनाको जिम्मानेकपाको युवा भ्रात संगठनले विज्ञप्ति जारी गदै लिएको छ । उक्त बम विस्फोट पछि रोजगार व्यवसायीले सुरक्षा माग्दै विरोध स्वरुप आइवार म्यानपावरको काम कारवाही ठप्प परेका छन् ।

जनयुद्धमा आवश्यक पर्ने युवाशक्तिलाई म्यानपावर कम्पनीहरुलेवैदेशिक रोजगारीमापठाएको भन्दै विप्लव नेतृत्वको नेकपाले व्यवसायीमाथि कारवाहीको चेतावनी दिन थालेको काठमाडौंमा म्यानपावर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले नाम नबताउँने शर्तमा भने ।

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले म्यानपावर व्यवसायी माथि रोजगारीको नाममा मानव तस्करी गरिरहेको आरोप लगाउँदै चन्दा माग्न थालेको ती व्यवसायीले बताए । उनले भने, ‘विप्लवले नेतृत्व गरेकै कम्युनिष्ट पार्टी हो भनेर कसरी थाहा पाउने चन्दाका लागि पत्र आउँछ । तँपाईले हाम्रो पार्टीलाई आर्थिक सहयोग गर्नुपर्यो भन्दै पत्र आउँछ ।चन्दा नदिए भौतिक कारवाही गर्न चेतावानी दिँदै चन्दा माग्ने गरेका छन् ।’
पार्टीको आधिकारिक पत्र विनै विप्लवका कार्यकर्ताले फोन र सामान्य पत्रका आधारमा चन्दा माग्ने गरेको उनको भनाइ छ ।

पछिल्लो पटक वैदेशिक रोजगार व्यवसायी संघकै अध्यक्ष गुरुङको घरमा विस्फोट गराइएसँगै व्यवसायी झन् आतंकित हुन थालेको अर्को एक व्यवसायीको भनाइ छ । ‘म्यानपावर व्यवसायीमाथि चन्दाका नाममा भौतिक आक्रमण हुन थालेका छ । यस्तो अवस्थामा व्यवसायी कसरी चलाउने’ उनले भने, ‘एक तिर सरकारले ऐन नै संशोधन गरेर म्यानपावर व्यवसायी धरापमा पार्दै छ भने अर्कोतिर चन्दा माग्न थालेपछि व्यवसाय गर्न मुस्किल हुँदै गएको छ ।’

प्रहरीमा उजुरी गरे फोन गर्ने पक्षबाट आक्रमण हुने जोखिम भएकोले चुपचाप चन्दा दिन बाध्य भएको व्यवसायीहरुको भनाइ छ ।

चन्दा माग्ने समूह विप्लव नेतृत्वको नेकपाकै नेता कार्यकर्ता हो वा होइन भन्ने एकिन हुन नसकेको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सवै क्षेत्रका व्यवसायीसँग अप्रत्यक्ष चन्दा उठाइरहेका छन् । आक्रमण हुन डर र त्रासले यो विषय बाहिर आएको छैन । नगरपालिका, गाँउपालिकाका प्रतिनिधि र सरकारी कार्यालयमा काम गर्न कर्मचारीसँग पनि विप्लव नेतृत्वको नेकापाले चन्दा उठाइरहेका छन् । सवैले चन्दा दिएपनि चन्दा दिएको विषय बाहिर आएको छैन । सरकारले सुरक्षाको दिन नसक्दा कसले कति भन्दा दिए भने विषय बाहिर आएको छैन । चन्दाको तिरेको विषय बाहिर ल्याएमा भौतिक आक्रमण हुने डरले सबै चुपचाप रहेको व्यवसायीको भनाइ छ ।

रोजगारीको नाममा मानवतस्करीको आरोप

विप्लव नेतृत्वको युवा संगठनले वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गर्ने, वैदेशिक रोजगार व्यवसायी महासंघको नेतृत्व गर्दै राष्ट्रिय अन्तर्रष्ट्रियस्तरमा मानव तस्करी गर्नेजस्ता कामहरु बन्द नगरिएमा थप कारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।

सघंका अध्यक्ष गुरुङलेदेश र जनतालाई कंगाल बनाउने तथा मानव तस्करीलाई रोक्नुको सट्टा प्रशय दिएको आरोप विप्लव नेतृत्वको युवा संगठनले जनाएको छ । पटकपटक चेतावनी दिँदासमेत वेवास्ता गरेको भन्दै कारबाहीस्वरुप आक्रमण गरिएको संघको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङको घरमा अज्ञात समुहले गरेको बम विस्फोटप्रति वैदेशिक रोजगार व्यवसायी संघले निन्दा गरेको छ । संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले निर्वाध रुपमा जीवन यापन गर्न पाउनु सम्पूर्ण नागरिकको अधिकार भएको र व्यवसाय सञ्चालन गर्न पाउने अधिकारलाई आतंकित पार्ने र क्षति पुर्‍याउने उद्देश्यले गरिएको यस्तो घटनाको संघले कडाभन्दा कडा रुपमा निन्दा गर्ने जनाएका छन् । व्यवसायी गरेर खाने नागरिक र भौतिक संरचनामाथि आक्रमण गर्न कार्य बन्द गर्न पनि संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : १० बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन