ठगी गर्ने म्यानपावरलाई कानूनको दायरामा ल्याउँछौंः श्रममन्त्री यादव | Khabarhub Khabarhub
Logo
९ माघ २०७६, बिहीबार

ठगी गर्ने म्यानपावरलाई कानूनको दायरामा ल्याउँछौंः श्रममन्त्री यादव



काठमाडौं- वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् ।

सर्लाही सदरमुकाम मलङ्गवामा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान युवासँग आग्रह गरे ।

वैदेशिक रोजगारीका क्रममा कसैले ठगी गरेको छ भने सिधा आएर आफूलाई जानकारी गराउन समेत आग्रह गरेका थिए ।

 


भर्खर

0