आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ | Khabarhub Khabarhub

आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले घाँटी च्यापेर मारेको भन्ने किटानी जाहेरीका आधारमा तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए ।

प्रवक्ता घिमिरेका अनुसार छोरा नारायण तिवारीले मङ्सिर १२ गते अन्दाजी ४ः३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँटी अठ्याएर मारेको खुल्न आएको छ ।

पक्राउ परेका नारायणलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : १९ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार