टान र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच भएको सम्झौता | Khabarhub Khabarhub

टान र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच भएको सम्झौता


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच दुई पक्षिय समझदारी भएको छ ।

उक्त ११ बुादा समझदारी पत्रमा पहिलो पक्षबाट भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र दोश्रो पक्षबाट टानका अध्यक्ष खुम बहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरु आयोजना तथा संचालन गर्ने रहेको छ ।

टान अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य दिदै भ्रमण बर्ष नजिकिदै गर्दा टानले भ्रमण बर्षलाई सफल पार्न गर्दै आएका कामहरुको जानकारी गराए । भ्रमण बर्ष २०२० संख्यामा २० लाख मात्रै नभई धेरै भन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक बृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी गराए । भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन टानले सधैं साथ दिने प्रतिवद्धता जनाए ।

नेपाल भ्रमण बर्ष २०२० का सदस्य सचिव, कार्यक्रम कार्यान्वयन समिति बच्चु नारायण श्रेष्ठले साहासिक पर्यटन प्रवद्र्धन गर्न आयोजना गर्नुपर्ने कार्यक्रमहरुको विषयमा समझदारी भएको बताए । निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण बर्ष २०२० अभियान सफल हुने कुरामा ध्यानाकर्षण गराउदौ निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले भ्रमण बर्ष २०२० अभियानलाई प्रवद्र्धन गर्दै आएको बताए ।

नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नेपाल भ्रमण बर्ष २०२० जनवरी १ देखि सुरु हुने जानकारी गराई भ्रमण बर्ष २०२० अभियान अन्त्य नभई निरन्तर चलिरहने प्रकिया बताए ।

नेपाल भ्रमण बर्ष २०२० अभियानले नीतिगत रुपमा मात्रै नभई युवाहरुलाई रोजगार सृजना गराउन मद्दत पुर्‍याउने कुरामा जोड दिए । सो समारोहमा टान र नेपाल भ्रमण बर्ष २०२० बिच भएको समझदारी पत्र महासचिव सरिता लामाले वाचन गरिन् ।

टानका निवर्तमान अध्यक्ष नवराज दाहाल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, सचिव दामोदर ढकाल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सह – कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ, कार्यसमिति सनम शेर्पा, राम बहादुर गुरुङ्ग र ङिमा दिकी शेर्पा सो कार्यक्रमा उपस्थित थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : २९ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले