छोराछोरीलाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु ! « Khabarhub
Logo
१५ फाल्गुन २०७७, शनिबार

छोराछोरीलाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु !



विद्या वा शिक्षा विनाको मानिस पशु समान हुन्छ भन्ने उक्ति नेपाली समाजमा परम्परादेखि नै चल्दै आएको छ ।

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागि पनि शिक्षाको महत्व हुन्छ । एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व छ ।

जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो ।

त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख्न सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो । जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन ।

पूर्वीय दर्शनले पनि शिक्षाको महत्वलाई जोडतोडका साथ व्याख्या गरिएको पाइन्छ । आफ्ना सन्ततीलाई शिक्षा वा विद्या नदिने वुवाआमा वा अभिभावकको केही अर्थ नहुने उल्लेख छ । नीति शास्त्रको एक श्लोकमा भनिएको छ । बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन् ।

विद्याले युक्त मानिस जताततै पुजिन्छ र कुनै पनि महत्वपूर्ण सभा वा कार्यमा उनको विद्वताको प्रशंसा हुने नै गरेको छ । त्यसैले सन्ताललाई विद्याबाट पर राख्नु मुर्खता हो । आजभोलि जीवन उपयोगी वा प्रयोगात्मक शिक्षामा जोड दिइन्छ । जसले गर्दा आगामी जीवनमा सहजता पाइन्छ ।

हिन्दू धर्म दर्शनमा केही श्लोकहरु रहेका छन् जसलाई हेर्नुभयो भने विद्याको महत्व प्रष्ट हुन्छ ।

नमन्ति फलिनो वृक्षा: , नमन्ति गुणिनो जनाः ।
शुष्क काष्ठश्च मूर्खश्च, न नमन्ति कदाचन् ।। ( चाणक्य नीति )

लटरम्म फल फलेको रुखको हागो जमिन तिर झुकेको हुन्छ । गुणी र विद्वान मानिस पनि सदैब झुक्छन् । तर सुकेको र मूर्ख मानिस कहिल्यै झुक्दैनन् ।

मूर्खोऽपि शोभ तावत् सभायां वस्त्रष्टितः ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ॥

शुन्दर वस्त्रमा ठाँटिएको मूर्ख मानिस सभा/बैठकहरूमा त्यतिबेलासम्म शोभायमान (राम्रो) देखिन्छ जबसम्म केही बोल्दैन ।

माता शत्रुः पिता वैरी येन बालो न पठितः ।
न शोभते सभामध्ये हंस मध्ये बको यथा ॥

बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन्; किनभने नपढाइएका बालबालिका पछि गएर विद्वत सभामा, हाँसको बथानमा बकुल्ला जस्तो अशोभनीय लाग्छन् ।

विद्या ददाति वनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म तातः सुखम् ॥

विद्याले व्यक्तिलाई विनम्रता प्रदान गर्छ । विन्रमताले मानिसलाई सुयोग्य बनाउछ । सुयोग्य पात्रलाई धन प्राप्त हुन्छ । धनबाट सुकार्य (परोपकार/धर्म) गर्न सकिन्छ । धर्म (सुकार्य) बाट मानिसलाई सुख-शान्ति प्राप्त हुन्छ ।

उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः ।
न हि सुप्तस्य सिंहस्य प्रविशान्ति मुखे मृगाः ॥

कार्यसिद्ध गर्न परिश्रम गर्नुपर्छ, इच्छा मात्र गरेर हुँदैन । सुतेको सिंहको मुखमा आएर कुनै पनि पशु आफै पसिदिँदैन ।

न दैवमिति सञ्चिन्त्य त्यजेदुद्योगमात्मनः ।
अनुद्योगेन तैलानि तिलेभ्यो नाप्तुमर्हति ॥

‘भाग्यमा जे छ त्यही हुन्छ’ भनेर उद्योग गर्न छोड्नुहुदैन । परिश्रम नगरी त तिलको दानामा रहेको तेल पनि हात लाग्दैन ।


भर्खर

0