कुमारी स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना | Khabarhub Khabarhub

कुमारी स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुमारी बैंक लिमिटेडले नगद रहित कारोबार (cashless payment)को अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ ।

यस योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले (Kumari Smart Mobile Banking Application)प्रयोग गरी निम्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिनसक्ने छन् ।

१०० मा १०० – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो १०० को टपअप गर्दा १०० क्यासब्याक (Cash Back) प्राप्त गर्न सक्नेछन् ।

यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्नेछ ।

स्क्यान एन्ड पे –यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्युआरकोड (QR Code) स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम १०० सम्म क्यासब्याक (Cash Back) प्राप्त गर्न सक्नेछन् । यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुनेछ ।

कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै –पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।

आफूलाई समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शाउन सफल कुमारी बैंकले आफ्ना देशभर रहेका ११६ शाखा संजाल, १११ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरु दिदैँ आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ४३ बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले