२० लाख घुससहित काठमाडौंबाट २ जना इन्जिनियर पक्राउ | Khabarhub Khabarhub

२० लाख घुससहित काठमाडौंबाट २ जना इन्जिनियर पक्राउ


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सडक निर्माणअन्तर्गत रनिङ बिलको भुक्तानीका लागि ठेकेदारसँग मागेको २० लाख घुससहित श्रेष्ठ र महर्जन काठमाडौंबाट पक्राउ परेका हुन् ।

बिल भुक्तानीका लागि डिभिजन सडक प्रमुखले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको प्रधान कार्यालय काठमाडौंबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सिनियर डिभिजनल इन्जियिर श्रेष्ठ र इन्जिनियर महर्जनलाई घुस रकम लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१० स्थित रोयल अलिना बेकरी क्याफेबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : २८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०