प्रधानमन्त्रीले सागका पदक बिजेता नेपाली खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्रीले सागका पदक बिजेता नेपाली खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् ।

आज (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले भने, ‘प्रधानमन्त्रीले आज सागका पदक बिजेता खेलाडीलाई बधाईसँगै सम्बोधन गर्नुहुनेछ । सम्बोधनमा के के हुनेछ भन्ने चाँही भरेको सम्बोधनमै थाहा हुन्छ ।’

१३ औं सागका पदकधारी खेलाडीहरुलाई वालुवाटार आमन्त्रण गरिएको छ । आज नेपाली सबै पदक विजेता खेलाडीहरुलाई बालुवाटार बोलाईएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।

साग शुरु हुनु अघि नै प्रधानमन्त्रीले विशेष पदक विजेता खेलाडीलाई सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण स्थगित भएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो ।

तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पूर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन । सोही अनुरुप बुधबारका लागि कार्यक्रम राखिएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ९ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०