बलात्कृत १२ वर्षीया बालिकाको गर्भपतन– अस्पताल पुगेकी बालबालिका मन्त्री ‘निःशब्द’ | Khabarhub Khabarhub

बलात्कृत १२ वर्षीया बालिकाको गर्भपतन– अस्पताल पुगेकी बालबालिका मन्त्री ‘निःशब्द’


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको २०१ नम्बर शय्यामा छिन् अछामकी १२ वर्षीया एक बालिका ।
उनको शरीरमा अस्पतालले दिएको खुकुलो गाउँनसँगै कम्मरमा कसिलोसँग बाँधिएको पछ्यौरा छ ।

शय्यामा दुबै खुट्टा दोबारेर बसिरहेकी उनको छेउमै एउटा गुडिया (खेलौना) पनि छ । उनी त्यही गुडियासँग बोल्छिन्, खेल्छिन् र मुस्कुराउँछिन् ।

गुडियासँग मात्र होइन, भेट्न पुग्ने सबैलाई उनी मुसुक्क हाँस्दै एकोहोरो हेर्छिन् ।

मुस्कानलाई बाहिरबाट हेर्दा कसैले सोच्नै सक्दैन उनीमाथि परेको विपत्ती बारे । त्यो मुस्कानभित्र लुकेको एउटा कहालीलाग्दो घटना छ ।
पाँच महिनाअघि बलात्कृत भएकी बालिका २० हप्ताको गर्भ बोकेर थापाथलिको प्रसूतीगृहमा एकसाता अघि आएकी हुन् ।

शुक्रबार अस्पतालका चिकित्सकले प्रसूती वेथा लाग्ने औषधिमार्फत उनको गर्भमा रहेको शिशु तुहाइदिए । २० हप्ताको गर्भ प्रसूती व्यथा सहेरै तुहाएकी उनको ओठमा भने अवोध मुस्कान देखिन्थ्यो ।

किनकी उनीसँग त्यो पीडाबोध गर्ने संवेदनाको कमी छ । उनी पाँच महिनाअघिको त्यो घटना र आफ्नो गर्भमा रहेको शिशुबारे अनविज्ञ छिन् ।

कसरी भयो घटना ?

उनी जन्मजात सुस्त मनस्थितिकीको अवस्थामा छिन् । उनी अरुले आफुलाई गर्ने व्यवहार र अरुले गरेको कामबारे अलिअलि मात्रै थाहा पाउँथिन् ।

घर नजिकैको जंगलमा सबै घाँस–दाउरा गर्न गएको देख्दा उनलाई पनि जंगलतिरै जाने रहर लाग्यो ।

उनी जंगलमा गइन् र फर्किन् । त्यो जंगल उनको लागि अभिषाप बन्यो । किनकी अवोध उनीमाथि दुई जनाले बलात्कार गरे ।

बलात्कारको शिकार हुँदासमेत उनले आफूमाथि के भएको हो भन्ने जान्न सकिन्न् । परिचित दुई जनाले उनीमाथि कुकृत्य गरेका थिए ।
आफूमाथिको कुकृत्य बारे १२ वर्षीया अवोध बालिकाले कसैलाई भन्न सक्ने कुरै भएन । यसबारे कसैलाई भन्नुपर्छ कि पर्दैन भन्ने पनि उनले सायद मेसो पाइनन् ।

यताउता खेलेर हिँड्ने सुस्त मनस्थितीकी उनलाई विशेष हेरचाह गर्ने पनि कोही पनि थिएन ।

केही साताअघि उनी जंगलमा जाँदा कुकुरले टोक्यो । कुकुरले टोकेपछि उनका बाबुले घर नजिकैको अस्पतालमा लगे ।

अस्पतालमा डाक्टरले रेविज विरुद्धको सुई लगाइदिए । तेस्रोपटक सुई लगाउने क्रममा कल्पनाका बाबुले डाक्टरलाई सोधे ‘यो सुईले असर पर्छ र ? मेरो छोरीको पेटमा किन सुजन( ठूलो) आइराखेको छ ?’

बाबुले आफ्नी छोरीको पेट ठूलो हुँदै गएको ख्याल गरेका रहेछन् ।

बाबुको कुरा सुनेपछि अस्पतालका डाक्टरले उनको स्वास्थ्य परीक्षण गरे ।

जब अस्पतालको रिपोर्ट आयो । सबै अचम्मित भए । १२ वर्षीया सुस्तमनस्थिती भएकी बालिकाको पेटमा २० हप्ताको गर्भ थियो ।
१२ वर्षीया सुस्तमनिस्थितिकी अबोध बालिकाको पेटमा २० हप्ताको गर्भ भेटिएपछि अस्पतालले जिल्ला अस्पतामा पठायो । जिल्ला अस्पतालले प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई खबर गर्‍यो ।

२० हप्ताको गर्भ बोकेकी उनलाई थाहै थिएन, आफु गर्भवती भएको कुरा । जब प्रहरीले उनीसँग सोधपुछ गरे तबमात्रै उनले दुईजनाको नाम नै किटेर घटनाबारे बताइन् ।

बालिकाका ठूलोबुबाका अनुसार उनले नाम नै तोकेर उनकै छिमेकी दुईजना केटाको नाम लिइन् । जसले बालिकालार्ई सामाएर जबरजस्तीकरणी गरेका थिए ।

उनले प्रहरीलाई दिएको बयानकै आधारमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय र प्रहरीको सहयोगमा बालिका र उनका ठूलोबुबा काठमाडौंको थापाथलीमा गर्भपतन गराउँन आए । उनको शुक्रबार गर्भपतन भइसकेको छ ।

घटनाबारे जानकारी पाएपछि आइतबार(आज) बिहान ११ बजे महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा बालिकालाई भेट्न अस्पताल पुगिन् ।

‘सानो मान्छे नमस्ते ! मन्त्री थापासँगै गएका उनका सहयोगीले बालिकालाई बोलाए ।

बालिकाले मुस्काउँदै सबैलाई हेरिन् ।

१२ वर्षमै २० हप्ताको गर्भको प्रसव पीडा सहेर तुहाएर पनि मुस्काउँदै बसेकी बालिकालाई देख्दा मन्त्री थापा केहीबेर शब्द विहीन बनिन् ।
केही समयपछि मलिन स्वारमा मन्त्री थापाले सोधिन्, ‘उहाँसँग को आउनुभएको छ ?’

‘म नै आएको हुँ, उसको ठूलो बुबा’ उनका ठूलो बुबाले मन्त्री थापासँग कुराकानी गरे ।

‘कस्तो छ उहाँको बुबाआमाको अवस्था ?’ मन्त्री थापाले सोधिन् ।

‘आमाचाँही उ जस्तै सुस्त मनस्थितिको छ, बुबापनि त्यस्तै छन् राम्रोसँग बोल्ने कुराकानी गर्दैनन् । म उसको ठूलोबुबा हुँ ।’

’नानी यस्तो अवस्था भएपछि हो कि पहिला देखि नै यस्तै हो ?स्कुल जान्थिन् कि जादिनथिन् ?’ मन्त्री थापाले भावुक हुँदै सोधिन् ।

‘सानैदेखि नै यस्तै नै हो । स्कुल गएपनि स्कुलमा पढ्न केही आउँदैन,बोल्न पनि आउँदैन, वास्तविक कुरा त मास्टरले पनि सुस्त मनस्थिती भनेपछि ख्याल गर्दैनथें । ख्याल गर्नुपर्ने त अवस्था त यसकै नै थियो । सानै देखि नबोल्ने भएकाले घरबाट २० मिनेट टाढा स्कुल भएपनि पठाएनौं ।’ बालिकाका ठूलो बुबाले घटनाबारे बेलिविस्तार बताए,‘ अछामतिर जंगलमा घाँसदाउँरा गर्न जाने चलन छ, उ पनि जंगलमा खेल्न जान्थि । म पनि दाउँदा ल्याउँछु घाँस ल्याउछु भनेर । घटना केके भएको छ उसलाई सबै थाहा पाएको छ । त्यहि समयमा उनले यत्रो भार बोक्नुपर्‍यो ।’

मन्त्री थापाले बालिकालाई हेर्दै भावविह्वल स्वरमा भनिन्, सबैभन्दा पहिला उहाँलाई उचित ठाउँमा पुर्नस्थापनाको व्यवस्था गर्नुपर्छ । डिस्चार्ज हुने समय भएको छ भने सरकारको तर्फबाट उचित व्यवस्थापन गर्छौं । उहाँको स्वास्थ्य राम्रो हुनुप¥यो सुरक्षित हुनुपर्यो‍ ।’

केही छिन्को भलाकुसारीपछि मन्त्री थापा बाहिरिइन् ।

मन्त्री थापा बाहिर निस्किने क्रममा बालिकाले मन्त्री थापालाई मुस्कुराउँदै बिदाइ गरिन् ।

अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमका अनुसार बालिकाको स्वास्थ्य अवस्था अहिले खतरा मुक्त छ ।

‘१२ वर्षको सुस्त मनस्थितिको बालिका भएकाले हामीले प्रसव व्यथा लाग्ने औषधि दिएर, पाठेघरको मुख खुलाएर डेलिभरी हुनेजस्तै गरी गर्भपतन गरायौं,’ अस्पतालका निर्देशक गौतमले भने, ‘सुरक्षित तरिकाले गर्भपतन गराएर उनी अहिले स्वास्थ छिन् ।आज डिस्चार्ज गरिएको छ ।’

सुस्त मनस्थितिको समस्या भएकी बालिकाको परिवारमा पुर्नस्थापित हुने सम्भावना नभएकाले उनलाई गोदावरीमा रहेको एक सामाजिक संस्थामा संरक्षणमा राखिएको छ ।

डा गौतमका अनुसार उनी जस्तै बलात्कार, लैंगिक हिंसामा परेर वार्षिक ४ सय गर्भवतीहरु अस्पतालमा उपचारका लागि आउँछन् । अस्पतालले त्यस्ता घटनाको अवस्था हेरेर गर्भवतीको स्वास्थ्य अवस्थाअनुसार सुरक्षित गर्भपतन गराउने गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ४३ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि