डा.केसीको स्वास्थ्य अवस्था जटिल, सुरक्षित स्थानमा सार्न अस्पतालको आग्रह | Khabarhub Khabarhub

डा.केसीको स्वास्थ्य अवस्था जटिल, सुरक्षित स्थानमा सार्न अस्पतालको आग्रह


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरामा १७ औं अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको जनाउँदै जिल्ला अस्पताल डडेल्धुराले सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने जनाएको छ ।

निजी घरबाट डडेल्धुरा जिल्ला अस्पतालमा भर्ना गरिएका डा. केसीको सातौं दिन पुग्दा स्थास्थ्य अवस्थता थप जटिल बनेको अस्पतालले जनाएको हो ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै उनको स्थास्थ्य अवस्थालाई मध्यनजर गर्दै चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको जनाएको हो । डडेल्धुरा अस्पतालमा उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनक्ति र उपकरण अभावका कारण उनलाई सुरक्षित स्थानमा सार्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

डा. केसीको अवस्था जटिल बन्दै गएको र अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत अस्पतालबाट कुनैपनि किसिमको जटिलता व्यवस्थापन गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी १७ औं अनसन डडेल्धुरामा पुगेर बसिरहेका छन् ।

यसैबीच, डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै डडेल्धुरमामा आइतबार मसाल जुलुस निकालिएको छ।

डडेल्धुरा सदरमुकाम बागबजारमा नागरिक समाजको अगुवाइमा मसाल जुलुस निकालिएको हो। केसीका समर्थकहरुले आइतबार डडेल्धुरामा सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा समेत रोक लगाएका थिए।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ४७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका