‘पानीपत’ को ट्रेलर हेरेर भड्किए अफगानिस्तानी दर्शक ! | Khabarhub Khabarhub

‘पानीपत’ को ट्रेलर हेरेर भड्किए अफगानिस्तानी दर्शक !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड फिल्म ‘पानीपत’ ले अफगानिस्तानमा बहस सिर्जना गरेको छ । फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक भएपछि अफगानिस्तानी शासक अहमद शाह अब्दालीको भूमिकालाई लिएर विवाद भएको हो ।

डिसेम्बरमा रिलिज हुने यो फिल्ममा सञ्जय दत्तले अहमद शाह अब्दालीको भूमिका निभाएका छन् । यो फिल्म सन् १७६१ मा अब्दाली फौज र मराठा सेनाबीच भएको पानीपतको ऐतिहासिक लडाइँमा आधारित छ ।

अफगानिस्तानी दर्शकले ‘पानीपत’ फिल्ममा अहमद शाहलाई खलनायकका रुपमा नदेखाउन भनेका छन् । सामाजिक सञ्जालमार्फत अफगानिस्तानीले अहमद शाह आफ्नो देशका हिरो भएको बताएका छन् ।

उनलाई अफगानिस्तानका जनताले हिरोका रुपमा हेर्ने गर्छन् । साथै उनलाई ‘अहमद शाह बाबा’ पनि भन्ने गर्छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘डियर बलिउड, म अफगानिस्तानबाट हुँ, सञ्जय दत्त मलाई मन पर्ने अभिनेता हुन्, मलाई विश्वास छ कि फिल्ममा अहमद शाह दुर्रानीको कुनै अपमान गरिएको छैन ।’

सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन लगायतको शीर्ष भूमिका रहेको यो फिल्मको यतिबेला चर्चा छ । फिल्मको ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : १९ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना