फिल्म शूटिङका क्रममा अक्षय कुमार घाइते, तर रोकेनन् काम | Khabarhub Khabarhub

फिल्म शूटिङका क्रममा अक्षय कुमार घाइते, तर रोकेनन् काम


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका क्रममा घाइते भएका छन् । रोहित सेट्टीको निर्देशनमा बनिरहेको फिल्मको एक दृश्य छायांकनका क्रममा अक्षय कुमारको हातमा चोट लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार उनका खुट्टाको गोलीगाँठो र हातमा चोट लागेको हो । चोट लागे पनि अक्षय कुमारले भने शूटिङ जारी राखेका थिए ।

बलिउडमा एक्सन हिरोका रुपमा लोकप्रिय अक्षय कुमारले खतरनाक स्टन्ट दिने गर्छन् । यस वर्ष मात्र अक्षयका ४ फिल्म रिलिज हुँदैछन् ।

तीमध्ये ३ फिल्म रिलिज भइसकेका छन् । केसरी, मिसन मंगल र हाउसफूल ४ तीनै फिल्मले सफलता पाए । यसै वर्ष उनको गुड न्युज नामक फिल्म पनि रिलिज हुँदैछ ।

अक्षय कुमार निकै व्यस्त अभिनेतामा पर्छन् । योसँगै उनी सामाजिक कार्यमा पनि व्यस्त छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १ : ३४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६