ओमान सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित | Khabarhub Khabarhub

ओमान सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको छ ।

६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो । ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा समेटिएका थिए ।

ईशान २ तथा पारस ५ रनमा आउट भएको खेलमा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा आउट भएका थिए । त्यस्तै नेपालका लागि सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भएका थिए । ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए

६५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको ओमानले ११ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ६ : ०६ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,