प्रहरी हिरासतमा बिरामी परे महरा, उपचारका लागि अस्पताल भर्ना | Khabarhub Khabarhub

प्रहरी हिरासतमा बिरामी परे महरा, उपचारका लागि अस्पताल भर्ना


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् ।

गत आइतबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

महरामा उच्च रक्तचापको समस्या छ । बुधबार साँझदेखि उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको जनाइएको छ ।

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगोका महरा अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  २ : १३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६