जर्मनविरुद्ध अर्जेन्टिनाको बराबरी, | Khabarhub Khabarhub

जर्मनविरुद्ध अर्जेन्टिनाको बराबरी,


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा अर्जेन्टिना र जर्मनीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा २ गोलले अघि रहेको जर्मनविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा अर्जेन्टिनाविरुद्ध जर्मनले ७ मिनेटभित्र २ गोल गर्दै अग्रता बनाएको थियो । जर्मनका लागि १५ औं मिनेटमा सर्ज ग्नाबरीले गोल गरेका थिए भने २२ औं मिनेटमा काइ हार्भटेजले गोल गर्दै टिमलाई शुरुवाती समयमै २ गोलको फराकिलो अग्रता बनाएका थिए ।

पहिलो हाफसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा राम्रो पुनरागमन गर्‍यो । जसमा अर्जेन्टिनाका लागि ६६ औं मिनोटमा लुकाज अलारियोले जर्मनविरुद्ध पहिलो गोल फर्काएका थिए भने अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका लुकाज ओकामपोसले ८५ औं मिनेटमा गोल गर्दे खेल २–२ बराबरीमा पुर्‍याएका थिए ।

स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी टिममा नहुँदा शुरुवातमा कमजोर खेल पस्किएको अर्जेन्टिनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अंक बराबरी गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  २ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०