‘छ माया छपक्कै’ ले देला केकीलाई राहत? | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ ले देला केकीलाई राहत?


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारीले राम्रो अभिनयका कारण जस पाउँछिन् । तर, उनले अभिनय गरेका फिल्म भने सधै फ्लप हुन्छन् । यसैका कारण पनि हुनुपर्छ, केकीलाई कतिले अभागी नायिका पनि भन्छन् । राम्रो अभिनय गरेर पनि चर्चा नपाउने र हिट फिल्म दिन नसक्ने कारण केकी पनि कहिलेकाहीँ खिन्न हुन्छिन् ।

यता भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ बाट भने केकी आशावादी छिन् । किनकि, यसपटक उनको टिमअप व्यावसायिक हिसाबले सफल फिल्म दिएको दीपक–दीपाको समूहसँग हुँदैछ । रिलिजअघिको मूल्याङंकनलाई आधार मान्दा यो फिल्म चल्ने पनि देखिन्छ । चलचित्रले राम्रो हाइप बनाएको छ ।

ठूलो समूहमा फिल्म पुग्ने भएकाले केकी पनि आशावादी हुनु स्वभाविक पनि हो । तर, के केकीले सोचेझैं फिल्म हिट होला? या यो फिल्मबाट फाइदा होला?

यसको उत्तर त अब फिल्म रिलिजपछि मात्रै थाहा हुनेछ । अहिलेका लागि भने के भन्न सकिन्छ भने केकीलाई यो फिल्मले केही राहत दिनेछ । उनले फिल्ममा अभिनय कस्तो गरेकी छिन्, त्यस आधारमा पनि दर्शकले उनको मूल्याङ्कन गर्नेछन् । दीपकराज गिरी र दीपाश्री निरौलाले बनाएको क्रेजका सामुन्ने केकीलाई आफ्नो काम देखाउन चुनौती त छँदैछ ।

यता केकीका फ्यान पनि आशावादी छन्, यो फिल्मबाट उनको काम देख्न पाइनेछ र फ्लप फिल्म दिने नायिकाको ट्याग पनि हट्नेछ । अब केकीले कस्तो काम देखाउने हुन्, त्यसका लागि भने केही दिन प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ३९ बजे

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को