मालपोत कार्यालयका हाकिम आपत्तिजनक अवस्थामा पक्राउ | Khabarhub Khabarhub

मालपोत कार्यालयका हाकिम आपत्तिजनक अवस्थामा पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलौरी– कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक बिबाहित महिलाको घरबाट पक्राउ परेका छन् ।

स्थानीयको सूचनाका आधारमा प्रहरीले मालपोत कार्यालय बेलौरीका प्रमुख भोज बहादुर ऐडी पक्राउ परेका हुन् । मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मालपोत प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

महिलाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) रण बहादुर चन्दले जानकारी दिए ।

प्रहरीले मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ११ : ०८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०