नेपालमा ६० लाख मानिसमा मानसिक समस्या, एन्जाइटी र डिप्रेसनको अवस्था भयावह | Khabarhub Khabarhub

नेपालमा ६० लाख मानिसमा मानसिक समस्या, एन्जाइटी र डिप्रेसनको अवस्था भयावह


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न सचेतनाका कार्यक्रम गरि यो दिवस मनाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै दिवसको अवसरमा सचेतना कार्यक्रमका लागि भन्दै लाखौं खर्च पनि गर्छ । सरकारले दिवसका दिन लाखौं खर्च गरेपनि मानसिक रोग विशेषज्ञहरू भने मानसिक स्वास्थ्यलाई सरकारले नै बुझ्न नसकेको बताउँछन् ।

त्रिवि शिक्षण (टिचिङ) अस्पतालका मानसिक रोग सेवा विभागका प्रमुख डा सरोज वझाले सरकारले मानसिक रोगलाइ बुझ्न नसक्दा र सचेतनाको कमीले मानसिक रोगका विरामीहरू उपचार सेवा पाउनबाट वञ्चित भएको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक ४ जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ ।

नेपालमा मानसिक रोगका बिरामी कति छन् भन्ने आधिकारीक तथ्यांक छैन । स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१८ देखि जनसंख्याको आधारमा मानसिक रोगका बिरामीको तथ्यांक संकलन गर्न शुरू गरेपनि सो अनुसन्धानले अझै तथ्यांक सार्वजनिक गर्न सकेको छैन ।

डा वझाका अनुसार नेपालमा हाल ५० देखि ६० लाख मानिसमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहेको छ । ती मध्ये ८० प्रतिशत मानिस स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

“नेपालका अझै पनि सरकारले नै मानसिक स्वास्थ्यलाई बुझ्न सकेको छैन, सरकारले जुन किसिमले महत्त्व दिनुपर्ने हो, जुन किसिमले जनताले सेवा प्राप्त गर्नुपर्ने हो त्यो भएको छैन ,” डा वझाले खबरहबसँग भने, “मानसिक रोगबारे सचेतनाको धेरै कमी छ । सचेतनाको कमिले धेरै व्यक्तिमा मानसिक स्वास्थ्य समस्या छ । नेपाल मा ६० लाख मानसिक रोगका विरामी छन् ।ती मध्ये ८० प्रतिशत उपचार र परामर्श सेवा पाउनबाट वञ्चित छन् ।

नेपालमा ६० लाख मानसिक स्वास्थ्य समस्याका विरामीमध्ये २० लाख मात्रै उपचारको पहुँचमा रहेको र बाँकी ४० लाख विरामी उपचारको पहुँचमा नरहेको डा वझाको भनाइ छ । मानसिक स्वास्थ्य समस्याका विरामी उपचार बाहिर हुनुको कारण सरकार कै वेवास्ता भएको उनको तर्क छ ।

उनी भन्छन् ” सरकारले मानसिक स्वास्थ्य समस्यालाई प्राथमिकता दिएको छैन ।”

एन्जाइटी र डिप्रेसन भयावह

डा वझाका अनुसार मानसिक रोग कडा र कम कडा गरि दुई किसिमको हुन्छ । कडा खालको मानिस रोगमा सन्तुलन गुम्नु हो जसलाई चिकित्सकले ” साइकोसिस” रोग भन्छन् । यस्तै कम कडा खालको मानसिक रोगमा एन्जाइटी र डिप्रेसन पर्छ ।

डा वझाका अनुसार नेपाल कडा भन्दापनि कम कडा खालका मानसिक रोगका विरामीको संख्या बढी रहेको छ र यसको समस्या भयावह बन्दै गएको छ ।

डा वझाका अनुसार नेपालमा १० देखि २९ वर्ष उमेर भित्रका व्यक्तिको अकाल मृत्युको पहिलो कारण दुर्घटना हो भने दोस्रो ठूलो कारण आत्महत्या हो । यस्तै आत्महत्याको प्रमू कारण डिप्रेसन भएको डा वझा बताउँछन् ।

” नेपालमा एन्जाइटी र डिप्रेसन भयावह छ, कम कडा खालको मानसिक रोग भनेपनि डिप्रेसनले युवाहरूको अकाल मृत्युदर बढाएको छ,यो अकाल मृत्युदर घटाउन डिप्रेसनको समयमै पहिचान गरि सहि किसिमको उपचार गर्नुपर्छ,” डा वझाले भने, “रोगको समयमै पहिचान गरि सहि उपचार गरेमा युवाहरूको अकाल मृत्युदर कम हुन्छ र पारिवारिक, आर्थिक लगायतका नकारात्मक असर कम भए जीवन राम्रो हुन्छ ।”

सरकारले नीति बनायो कार्यान्वयन गरेन

मानसिक स्वास्थ्य समस्याको समाधानका लागि सरकारले नीति बनाएको छ । तर सरकारले बनाएको नीति पटक पटक परिवर्तन हुने र स्वास्थ्य मन्त्रालय मै थन्क्याउने गरेको डा वझाको आरोप छ ।

कुनै पनि व्यक्ति स्वास्थ्य रहन उसको शारीरिक र मानसिक दुवै अवस्था ठिक हुनुपर्छ, तर यो कुरा सरकारले नै बुझेन, सरकारले राष्ट्रिय मानसिक स्वास्थ्य नीति सन् १९९७ देखि नै बनाउँदै आएको छ, त्यो नितिमा भित्र धेरै राम्रो व्यवस्था छ,” डा वझा भन्छन्,” तर सरकारले बनाएको नीति कार्यान्वयनमा सरकार नै कमजोर भयो जसले गर्दा मानसिक रोगका विरामीहरू उपचार सेवा पाउनबाट वञ्चित छन् ।”

मानसिक स्वास्थ्यका विरामीको उपचारका लागि सरकारले हरेक अस्पतालमा उपचार सेवाको व्यवस्था गर्नुपर्ने डा वझा बताउँछन् ।

“स्वास्थ्य मन्त्रालयमा थन्किएको मानसिक स्वास्थ्य निति कार्यनयन हुन जरुरी छ । यो नीति कार्यनयन भए मात्रै हाम्रा नेपाल दाजुभाइ दिदीबहिनीले उपचार सेवा पाउन सक्छन्,” डा वझाले भने,” मानसिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउन हरेक अस्पतालमा मेन्टल हेल्थ सर्भिस हुनुपर्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १० : २७ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर