डण्डिफोरले थाहा दिन्छ के रोग लागेको छ | Khabarhub Khabarhub

डण्डिफोरले थाहा दिन्छ के रोग लागेको छ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डण्डिफोर अधिकांस किशोर र वयस्कका लागि समस्या हो । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितिको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ ।

डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ । यही डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रणसमेत हो ।

कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसको कारण बारे थाहा नभएर उचित उपचार पनि गर्न सकिरहेका हुँदैनन् । आज हामी तपाईंलाई डण्डिफोरको वास्तविक कारण पत्ता लगाउनमा सहयोग पुर्याउँछौं । यसले तपाईंलाई डण्डिफोरको निदान गर्नमा पक्कै पनि सहयोगी भूमिका खेल्नेछ ।

आँखाको बिचमा र नाकको माथि डण्डिफोर

यो ठाउँमा डण्डिफोर आइरहन्छ भने तपाईंको फोक्सोसम्बन्धि रोग छ भन्ने बुझ्नुहोस् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना खाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुनु हो । राती चिल्लो पदार्थको सेवन गरेमा शरिरभित्र टोक्सिन निर्माण हुने गर्दछ । यस कारण यो स्थानमा डण्डिफोर नआओस् भन्ने चाहनुहुन्छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।

निधारमा डण्डिफोर

निधारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ । यसबाट बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा समावेश गर्नुहोस् । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम गर्नुहोस् ।

गालामा डण्डिफोर

गालाको डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित हुने गर्दछ । प्रदुषित हावामा सास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ ।

प्रदुषण यसको लागि अर्को कारण हो । यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ । तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।

चिउँडोमा डण्डिफोर

चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सक्नुहुन्छ । यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।

बंगाराको रेखामा डण्डिफोर

थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ । र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।

ओठको आसपास डण्डिफोर

ओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ ।

तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।

नाकको आसपास डण्डिफोर

अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ ।

मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ । तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो समस्याबाट बच्नको लागि आफ्नो आहारमा भिटामिन बी, हरियो तरकारी, फलफूल, माछाको मात्रा बढाउनुहोस् ।

डण्डिफोरबाट कसरी बच्ने ?

–अनुहारलाई सधैँ सफा राख्ने ।
–सुन्दरताको लागि अनुहारमा प्रयोग गर्ने सौदर्यका साधनमा बढी सतर्क हुने । गुणस्तरहीन सौन्दर्यका सामान प्रयोग नगर्ने ।
–क्यालोरीयुक्त खानेकुरा आइसक्रिम, चकलेट, पिज्जा, बर्गर जस्ता खानेकुरा नखाने हुँदैन् । यी खाना बढी भयो भने अन्य रोग पनि निम्तन सक्छ ।
–अनुहारमा साना दाना देखिए भने कोट्याउनु वा हटाउनु हुँदैन् ।
–अनुहारमा बढी चिल्लो कुरा लगाउनु हुँदैन् ।
–जाडोयाममा छाला फुट्नबाट रोक्नका लागि प्रयोग गरिने मोइस्चराइज क्रिम वा अन्य कुरा लगाएर रातभरी राख्नु हुँदैन ।
–डण्डिफोर देखापर्‍यो भने त्यसबाट पिप बगाउनु धेरै हानिकारक हुन्छ ।
–आफूले अनुहार पुछ्न प्रयोग गर्ने तौलिया वा रुमाल सफा र व्यक्तिगत रुपमा प्रयोग गर्ने ।

डण्डिफोरको उपचार कसरी गर्ने ?

–सामान्यतः डण्डिफोर आए पनि आफै जाने हुन्छ । धेरैजसो मानिसको बानी कस्तो हुन्छ भने डण्डिफोर देखियो भने चलाउने वा कोट्यायर रगत निकाल्ने । त्यसो गर्नु धेरै हानिकार हुन्छ । यसरी डण्डिफोरलाई त्यसलाई चलाउनु हुँदैन ।
–लामो समयसम्म डण्डिफोर आइरह्यो भने चिकित्सकसँग सल्लाहा गरी औषधी सेवन गर्नुपर्दछ ।
–यसलाई हातले छोयो भने संक्रमण फैलिने हुँदा हातले छुनु हुँदैन ।
–चिल्लो खानेकुरामा सचेत हुनुपर्छ । प्रशस्त पानी पिउनुका साथै हरियो साग सब्जी बढी खानुपर्दछ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ८ : ०४ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति