मकाउ पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने केसी पक्राउ | Khabarhub Khabarhub

मकाउ पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने केसी पक्राउ


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-३ का बिनोद बस्नेत‍/बिनोद मणि बस्नेत भनिने ४२ वर्षीय राजु केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुने भन्दै प्रलोभन देखाएर विभिन्न मितिमा पटकरपटक गरी १९ लाख १० हजार रुपैयाँ ठगी गरी फरार रहेका बस्नेतलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेको बस्नेतलाई ठगी तथा लिखत सम्बन्धी कसुरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ३४ बजे

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।