नयाँ शक्ति बन्ला समाजवादी पार्टी नेपाल? | Khabarhub Khabarhub

नयाँ शक्ति बन्ला समाजवादी पार्टी नेपाल?


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माओवादीलाई रातो स्टिकर टाँसेको पुरानो घर भन्दै हिड़ेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई यति बेला उप प्रधानमन्त्री उपेन्द्र यादवसँग ओत लाग्न पुगेका छन् । आफैंले बनाएको ‘नयाँ शक्ति’ पार्टीलाई ‘संघीय समाजवादी फोरम’ मा मिसाएर बनाएको ‘समाजवादी पार्टी’लाई वैकल्पिक शक्तिको निर्माण भनेर जति दावी गरेपनि उनलाई पत्याउने आधार कमजोर बन्दै गएको छ । वास्तवमा उनी पलायनवादी चरित्र भएका व्यक्ति हुन ।

कोलम्बो प्लानमा इन्जिनियरिङ्ग पढ्न चण्डिगढ पुगेका उनी भारतका लागि तत्कालिन नेपाली राजदूत वेदानन्द झाको सहयोगमा जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए । राजनीतिक पृष्ठभूमिको हिसाबले बाबुराम भट्टराई अस्थिर स्वभावका नेता हुन । नेविसंघबाट राजनीति शुरु गरेका भट्टराई वामपन्थी नेता मोहन विक्रम सिंहको स्कूलिङ्ग हुँदै प्रचण्ड नेतृत्वको जनयुद्घमा सहकमाण्डर भए । बाबुरामलाई उनको अस्थिर वैचारिक प्रवृतिका कारण माओवादीले द्वन्द्वकालमा कारबाहीस्वरुप सबै जिम्मेवारीबाट मुक्त गर्दै सामान्य सदस्यमात्र रहने गरी श्रम शिविरमा राखेको थियो ।

दोश्रो संविधान सभामा ‘संवैधानिक संवाद तथा सहमति समिति’का सभापतिको हैसियतमा आफ्नै नेतृत्वमा नयाँ संविधानको मस्यौदा अघि बढाएका उनी २०७२ असोजमा संविधान जारी भए लगतै माओवादीबाट बाहिरिदै संविधान माथि पहिलो असहमति जनाउन जनकपुर पुगेका थिए जहाँ उनले दोहोरो चरित्र देखाएको भन्दै एयरपोर्टदेखि उनी बसेको होटलसम्म व्यापक विरोध प्रदर्शनहरु भयो । आफैंले मस्यौदा गरेर विन–विनको दावीसहित प्रस्तुत गरेको संविधानबाट पलायन भई जनकपुरमा आयोजना गरिएको उनको कोण सभालाई जनताले मञ्च तोडफोड गरेर आगोसमेत लगाई प्रतिकार गरेको थियो ।

संविधान निर्माणपछि माओवादी पार्टीको गन्तव्यबारे प्रचण्ड र बाबुरामका फरक-फरक दृष्टिकोण थिए । भट्टराई तत्कालै पार्टीको नाम परिवर्तन गरेर सिद्घान्तसमेत संशोधन गर्न चाहन्थे भने प्रचण्डको विचारमा ‘जनयुद्घ’ को स्वामित्व बिना भाग्न नमिल्ने अडानमा थियो । द्वन्द्वकालीन विषयहरु टुंग्याएर अगाडी बढने सल्लाह भइरहेकै बेला ५७ बुँदे असन्तुष्टि सार्वजनिक गरेर एकाएक २०७२ असोज ९ गते भट्टराईले पार्टी र सांसदबाट राजीनामा गरे । माओवादी केन्द्र परित्याग गर्दा उनीसँगै देवेन्द्र पौडेलसहित ४५ जना नेताहरु थिए तर अन्ततः सँगै बस्न नसकेर पौडेलसहितको ठूलो समूह माओवादीमै फर्कियो । त्यहाँदेखि उपेन्द्र यादवसम्म आई पुग्दा बाबुरामले पलायनवादी चरित्रको असंगत श्रृंखलाहरु खडा गरेका छन् ।

भनिन्छ जुन व्यक्तिसँग जे हुन्छ त्यसले समाजलाई दिने त्यही हो । त्यसै अनुरुप पलायनवादी सोच भएका बाबुराम भट्टराईले गर साता राजधानीमा आयोजित एक कार्यक्रममा दलितहरुलाई हिन्दु धर्मबाट पलायन गर्न सुझाए

संविधान जारी भएपछि चुनावको माहौल तात्दै जाँदा तत्कालीन एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्न लागेको चाल पाएर उनले एमालेसँग संवाद बढाउँदै सूर्य चिह्नबाट चुनावमा उठ्ने गरी १७ असोज २०७४ मा राष्ट्रिय सभागृहमा पुगि वामपन्थी एकताको नाममा केपी ओली र प्रचण्डसँगै हात उठाएका थिए । तर निर्वाचन क्षेत्र भागबण्डामा आफुले चाहेको गोरखा–२ माओवादीका नारायण काजी श्रेष्ठको भागमा पर्न जाँदा उनी बिच्किएर नेपाली कांग्रेससँग गठबन्धन गर्न पुगे । वैकल्पिक धार बनाउने मिसनमा लागेको बताउने बाबुराम भट्टराई आफ्नो निर्वाचन क्षेत्र सुरक्षित नहुना साथ वाम एकताबाट पलायन गरेर कांग्रेसको शरणमा पुगेकाले उनबाट संस्थागत राजनीति सम्भव देखिन्न ।

भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा ठुलै तामझामसहित रंगशालाबाट गरेका थिए । पूर्वकर्मचारी र सेलेब्रिटिले प्राथमिकता पाएको गुनासो बढ्दै जाँदा पार्टीका नेताहरुद्वारा गरिएको तत्कालीन एमालेसँग वृहत ध्रुवीकरणको प्रस्तावलाई अस्वीकार गरेका भट्टराईले फोरमलाई पनि पुरानै विचार धाराको पार्टी भन्दै सहकार्य गर्न मानेका थिएनन् । तर पाँचथरको चिवाभन्ज्याङ्गदेखि दार्चुलाको झुलाघाटसम्म एक महिने यात्रामा हल्लाखल्ला र मिडिया प्रचारबाजी भएपनि जनाधार नदेखिएपछि निराश भएर समाजवादी पार्टीमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई सुम्पिएर आफू संघीय परिषदको ‘सेरेमोनियल’ हैसियतको अध्यक्ष बन्न तयार भए ।

राजनीतिक उठान र अवतरणमा समस्याग्रस्त चित्त भएका उनी माक्र्सवादको विकास गर्ने भन्दाभन्दै गैर माक्र्सवादी कित्तामा पुगेका छन् । तत्कालीन फोरमसँग एकता गर्दापनि उनले पार्टी कमिटीमा छलफल गरेका थिएन । त्यसैले प्रज्ञा भवनमा बैशाख २३ गते ‘समाजवादी पार्टी नेपाल’ को घोषणा सभामा पत्नी हिसिला यमी र पूर्व स्वकीय सचिव गंगानारायण श्रेष्ठबाहेक पूर्वमाओवादी पृष्ठभूमिका अरु कुनै नेता थिएनन् । यसरि अन्ततः सरकारको चरम आलोचक बन्दै आएका उनी फेरी प्रतिपक्षबाट पलायन गरेर सत्तापक्षमा सम्मिलित हुनपुगे ।

भनिन्छ जुन व्यक्तिसँग जे हुन्छ त्यसले समाजलाई दिने त्यही हो । त्यसै अनुरुप पलायनवादी सोच भएका बाबुराम भट्टराईले गर साता राजधानीमा आयोजित एक कार्यक्रममा दलितहरुलाई हिन्दु धर्मबाट पलायन गर्न सुझाए । समता फाउण्डेशनले आयोजन गरेको दुई दिने भेलाको उद्घाटन समारोहमा दलित समुदायका जनप्रतिनिधिहरुलाई हिन्दु धर्मले विभेद गरेको कारण सोही धर्म मानिरहनुपर्नेमा औचित्य नभएको भनेपछि उनी पुनः विवादमा तानिएका छन् । दलित समुदायलाई ‘तपाई हिन्दु धर्म किन मान्नु हुन्छ’ भन्दै उनले यस्तो सुझाव दिएका हुन ।

विद्वताको महत्व कुरितिको अन्त गराउनमा गर्न सक्ने योगदानबाट कायम हुन्छ , पलायनबाट कुनैपनि समस्याको समाधान हुन सक्दैन ।

हिन्दु धर्ममा भेदभाव देखाएर भारतमा लामो समयदेखि ईसाई मिसनरीहरुले धर्मान्तरण चलाई रहेका छन् । तर विभेद मुक्तिको आशामा ईसाई बनेका पूर्व हिन्दु दलितहरुसँग त्यहाँ अछुत जस्तै व्यवहार भईरहेको छ । ‘दलित क्रिश्चियन लिबरेशन मूभमेंट’(डीसिएलएम) र मानव अधिकारवादी संस्था ‘विदुथलाई तमिल पुलिगल काची’ ले दिल्ली स्थित संयुक्त राष्ट्रको कार्यालय मार्फत पत्र लेखेर शिकायत गरेको छ । उनीहरुले आफ्नो पत्रमा ‘इंडियन कैथोलिक चर्च ले भारतीय दलित ईसाईहरुलाई विभेद गरेको र ईसाइहरुको सर्वोच्च संस्था भेटिकनले यो भेदभाव विरुद्व कुनै पहल नगरेको’ भनेका छन् । यहाँ सम्म कि कतिपय चर्चमा दलित ईसाईहरुलाई प्रवेश गर्नमा पनि रोक लगाइएको छ भने आरोपसमेत सो संस्थाले लगाएका छन् ।

आराध्यदेव पशुपतिनाथ, गुह्येश्रवरी, दक्षिणकाली, भद्रकाली लगायतका देवस्थलमा कस्ले विभेद बेहोरेका छन् । महाकुम्भको पवित्र स्नान अथवा स्वस्थानी व्रतमा गरिने शालि नदीको स्नान गर्दा छेउमा हुने व्यक्तिको जात कस्ले सोधेका हुन्छन । कुनैपनि समाज दोष रहित हुदैन तथापि सो को परिमार्जन समयसापेक्ष ढंगले गरिरहनुपर्ने हुन्छ । हिन्दु धर्ममापनि सती प्रथा, बाल विवाह, दहेज र जातिय छुवाछुत लगायतका दोषहरु छन् । जस मध्ये सती प्रथा पूर्णरुपेण समाप्त भईसकेको छ । बाल विवाह, दहेज र जातिय छुवाछुतको कुप्रथा समापनतिर उन्मुख छ । समाजमा विद्यमान गलत प्रवृतिलाई उन्मूलन गर्नु सबैको दायित्व हो । विद्वताको महत्व कुरितिको अन्त गराउनमा गर्न सक्ने योगदानबाट कायम हुन्छ , पलायनबाट कुनैपनि समस्याको समाधान हुन सक्दैन ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ८ : ४९ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको