कांग्रेसको दोस्रो जागरण अभियान आजबाट शुरु हुँदै | Khabarhub Khabarhub

कांग्रेसको दोस्रो जागरण अभियान आजबाट शुरु हुँदै


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान (आज) मङ्गलबारबाट शुरु गर्दै छ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान शुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते शुरु भई असोज ७ सम्म चल्ने छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियानअन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९८० बिरुवा रोपिने कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले ठूलो सङ्ख्यामा वृक्षरोपण गर्न स्थानीयस्तरमै बिरुवाको जोहो गरिएको जानकारी दिए ।

जागरण अभियानका लागि कांग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रवक्ता शर्माका अनुसार दोस्रो चरणको जागरण अभियानका क्रममा ३३० जना प्रतिनिधि परिचालन हुने छन् ।

प्रत्येक प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्रबमोजिम प्रतिनिधि खटाइएको प्रवक्ता शर्माले जानकारी दिए । जागरणका लागि परिचालित प्रतिनिधिहरूलाई आफू प्रत्यासी भई चुनाव लडेको भन्दा पृथक जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ ।

प्रवक्ता शर्माले जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका अग्रज, शहीद परिवार, द्वन्द्वकालीन घाइते एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र कांग्रेसका लागि सुझाव लिने स्वरूप तय गरिएको बताए । अभियानको अन्तिम दिन ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने तय गरिएको छ ।

नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङघलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवा तथा असङ्गठित युवाको सहभागितामा देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचार सङ्कलन गरिने जनाइएको छ । कांग्रेसले ३३० प्रदेशसभा क्षेत्रमा दैनिक औसत तीन सय युवाका बीचमा बीपीका विचार र संस्कारबारे छलफल गर्दा १५ दिनभित्र करिब एक लाख युवासित प्रत्यक्ष संवाद गर्ने दाबी गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ३१ बजे

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका