आरजुले जितिन् मिस टुरिज्मको उपाधि | Khabarhub Khabarhub

आरजुले जितिन् मिस टुरिज्मको उपाधि


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् ।

निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जितेकी हुन् ।
उपाधिसँगै उनले ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउने भएकी छिन् ।

प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए । उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गरेका छन् ।

सन् २०१६ देखि हरेक वर्ष मिस टुरिज्म प्रतियोगिता गरिदै आएको छ । पहिलो मिस टुरिज्म ओरुसा थापा भइन् भने सन् २०१७ मा आरती थापा र सन् २०१८ मा मनिता पौडेलले उपाधि जितेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ४४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका