तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ६० जनाको मृत्यु | Khabarhub Khabarhub

तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ६० जनाको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार ए सलाम– अफ्रिकी मुलुक तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तीमा ६० जना मारिएका छन् ।

मोरोगोरो क्षेत्रमा भएको दुर्घटनामा अरु ७० भन्दा धेरै घाइते भएका छन् । ट्यांकर विष्फोट भएको क्षेत्र तान्जानियाको सबैभन्दा ठूलो शहर दार एस सलामदेखि २० किलोमिटर टाढा पर्छ ।

प्रहरीले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दालगायत खटिएको जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने आँकलन गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटना भएको हो । ट्यांकर पल्टेर चुहिरहेको इन्धन जम्मा पार्न स्थानीयहरु भेला भएका बेला ट्यांकर विष्फोट भएको बताइएको छ ।

ट्यांकर विष्फोट हुने बेला स्थानीयहरु तेल जम्मा पार्न भेला भएका कारण ठूलो मानवीय क्षति भएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : ४९ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन