यमनका हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण | Khabarhub Khabarhub

यमनका हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा सक्रिय हुथी लडाकु समूहले साउदी अरबको अबहा विमानस्थललाई लक्षित गरी चालकरहित विमान ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ ।

हुथी विद्रोही आबद्ध अल मशिरा टेलिभिजनले अबहा विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको हो । अल मशिराले हुथी विद्रोहीका वरिष्ठ सैनिक श्रोतलाई उद्धृत गर्दै विमानस्थलको इन्धन डिपो र कन्ट्रोल टावरलाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

आक्रमणबारे साउदी पक्षबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन । यद्यपि दुबईमा रहेका अल अरबिया टेलिभिजनले भने विमानस्थलको हवाई सेवा सामान्य रुपमा नै सञ्चालन भइरहेको जनाएको छ ।

हुथी विद्रोहीले साउदी अरबको अबहा विमानस्थललाई लक्षित गरी बेलाबेला ड्रोन आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका