खाडलमा परेर दुई मजदुरको ज्यान गएपछि स्थानीयले तीन एक्साभेटर जलाए | Khabarhub Khabarhub

खाडलमा परेर दुई मजदुरको ज्यान गएपछि स्थानीयले तीन एक्साभेटर जलाए


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ ।

खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए ।

हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय भीमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैद्धवारले बताए ।

खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर उनीहरुको ज्यान गएपछि आक्रोशित भएका गाउँवासीले सो खोलामा भएका तीन एक्साभेटर जलाएका छन् ।

आक्रोसित गाउँवासीले उचित क्षतिपूर्ति दिनुपर्ने, खोलामा मेसिन हाल्न बन्द गर्नुपर्ने र खोलामा मेसिन लगाउनेलाई कारवाहीको माग गर्दै पदर्शन गरेका छन् ।

यस वर्षदेखि दरिङ्गाल खोलामा एस्काभेटर लगायतका ठूला मेसिन प्रयोग गरेर बालुवा झिक्ने गरेपछि मजदूर विस्थापित भएका थिए । जोखिम मोलेर बालुवा झिक्न गएका बेला उनीहरु गहिरो खाडलमा फसेपछि हराएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ५ : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका