सीप परीक्षणले कोरिया भाषा परीक्षा पास गरेका ५० प्रतिशत प्रभावित | Khabarhub Khabarhub

सीप परीक्षणले कोरिया भाषा परीक्षा पास गरेका ५० प्रतिशत प्रभावित


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० जनवरीदेखि रोजगारीका लागि आउने विदेशी श्रमिक हकमा अनिवार्य सीप परीक्षण गरेर मात्र लिने भएको छ ।

भाषामात्र पास भएर आएका विदेशी श्रमिकमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लक्ष्य लिएको हो । यसको प्रभाव भाषा मात्र अध्ययन गरेर सामान्य सीप भएका विदेशी श्रमिकमा पर्ने भएको छ ।

कोरियाको यो नयाँ नियमले कोरियन भाषा पास गरेर त्यहाँ रोजगारीका लागि जान्न प्रतिक्षारत ५० प्रतिशत श्रमिक प्रभावित हुने भएका छन्् । हाल, कोरिया सरकारले १४ वटा देशबाट रोजगारका लागि श्रमिक आपूर्ति गदै आएको छ ।

नेपालबाहेक अन्य ३ देशबाट कोरिया सरकारले भाषा मात्र पास गरेका कामदार लिदै आएको थियो । इन्डोनेसिया, कम्बोडिया, चीन र नेपालबाट भाषाका आधारमा कामदार लिदै आएको थियो । अब भने, यी देशबाट जाने कामदारका हकमा पनि सीप परीक्षण अनिवार्य गरेको छ ।

हाल, नेपालमा कोरिया भाषा अध्ययन गर्ने प्राय स्नातक र स्नातकोत्तर उत्तीर्ण धेरै युवा रहेका छन् । यस्ता युवा हातमा सीप नहुँदा कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेका छन् । कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नयाँ नीतिले भने डिप्रेशन र अत्माहत्याको समस्या न्यूनीकरण हुने अनुमान गरिएको छ ।

कोरिया भाषा उत्तीर्ण गरेका कामदार तीन पटक सम्म परीक्षामा सामेल भएर कोरिया रोजगारीका लागि जान्न पाँउछन् । पहिलो भाषा र सीप परीक्षामा पाउने अंकका आधारमा, दोस्रो कोरियाबाट फर्केर विशेष भाषा परीक्षा उत्तीर्ण भएका र तेस्रो रोजगारदाता परिवर्तन नगरेका प्रतिबद्ध कामदार जान पाउने नयाँ व्यवस्थामा छ ।

कोरियाको मानव संसाधन केन्द्र विभाग (एचआरडी)ले भाषा परीक्षा मात्र उत्तीर्ण गरेका कामदार ल्याउदाँ रोजगारदाता र श्रमिक दुवैमा समस्या हुने गरेको बताउँदै आएको छ । रोजगारदाता कम्पनीले सम्बन्धित विषयमा अनुभव भएका श्रमिक प्रमाणपत्र, तालिम र शैक्षिक योग्यताका आधारमा लिन खोजिरहेको कोरियाको मानव संसाधन केन्द (एचआरडी) काठमाडौंकी निर्देशक पार्क सुङ हिलेले बताइकी छिन् ।

कोरिया सरकारले नयाँ प्रणालीको सुरुवातमा भाषासँग सीपलाई प्रथामिकता दिएको एचआरडी निर्देशक सुङ हिलेले बताइन । उनले भनिन, ‘विगतका वर्षहरुमा भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरिया जान योग्य मानिथ्यो । सीपमा अदक्ष हुँदा समस्या सिर्जना भइरहेको छ । जसका कारण श्रमिक र रोजगारदाता दुवैलाई असहज भइरहेको छ । भाषासँग सीपमा भएका कामदार लिदाँ कमाइसँग विदेशी श्रमिकको सुरक्षा हुन्छ ।’

सन् २०२० को कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए। जसमा १२ हजार ९ जनाले भाषा उत्तीर्ण गरेका थिए । तीमध्ये ६ हजार ७ सय जनासम्म छनोट गरिने भएको छ । उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना एचआरडीको रहेको छ ।

इपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । सय अंकै सीप परीक्षण हुने भएको छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरिया रोजगार जान्न पाउने ग्यारेन्टी हुँदैन् सीपमा पनि दक्ष हुनुपर्ने वैदेशिक रोजगार इसीएस शाखा सूचना अधिकारी शोभाकर भण्डारीले बताएका छन् । उनले भने, ‘रोजगारदाताले भाषा भन्दा सीपका आधारमा श्रमिक छनोट गर्ने भएको छ ।

हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

सीप परीक्षामा उत्तीर्ण गरी करारपत्रमा हस्ताक्षर गरेपछि मात्रै कोरिया रोजगारीमा जाने ग्योरन्टी हुने देखिन्छ । कामदार कति जना जान्छन् भन्ने कुरा रोजगारदाताको मागमा भर पर्ने जनाइएको छ ।’

कोरिया भाषा उत्तीर्ण गरेका कामदार तीन पटक सम्म परीक्षामा सामेल भएर कोरिया रोजगारीका लागि जान्न पाँउछन् । पहिलो भाषा र सीप परीक्षामा पाउने अंकका आधारमा, दोस्रो कोरियाबाट फर्केर विशेष भाषा परीक्षा उत्तीर्ण भएका र तेस्रो रोजगारदाता परिवर्तन नगरेका प्रतिबद्ध कामदार जान पाउने नयाँ व्यवस्थामा छ ।

कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशी कामदार लैजान शुरु गरेको थियो । भने, नेपालबाट सन् २००८ बाट मात्र कामदार लिन थालिएको हो । साना र मझौला रोजगारदाताले कोरिया सरकारसँग विदेशी कामदार ल्याउन अनुमति लिनुपर्छ।

हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । जसमा ७ हजारभन्दा धेरै महिला पनि रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : ५३ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन