हङकङको तनावले अमेरिका र चीनको दूरी बढ्दै | Khabarhub Khabarhub

हङकङको तनावले अमेरिका र चीनको दूरी बढ्दै


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङ्‌कङमा जारी प्रदर्शनले दुई ठूला शक्ति राष्ट्रबीच टकराव शुरु भएको छ । हङकङकै प्रदर्शनको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कामाथि आरोप लगाउन थालेका छन्।

अमेरिकी कूटनीतिज्ञको नाम र अधिकारकर्मीसँग भएको कुराकानीका आधारमा चिनियाँ सरकारी पत्रिकाले प्रकाशित गरेको समाचारलाई अमेरिकाले ‘बदमास सत्ता’ भनेको छ भने त्यस लगत्तै चीनले पनि अमेरिकाको तर्क ‘गुण्डा तर्क’ रहेको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

अधिकारकर्मीहरू तीनदिने प्रदर्शनका लागि हङ्‌कङ विमानस्थलमा जम्मा भएको पृष्ठभूमिमा चीन र अमेरिका आरोपप्रत्यारोपमा ओर्लिएका हुन्। कालो पोशाक लगाएका प्रदर्शनकारीहरूले विदेशी पर्यटकमा चेतना जगाउने भन्दै विमानस्थलको आगमन कक्षमा बसेर ब्यानरहरू देखाएका छन्।

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधबाट शुरू भएर बृहत्‌ स्वतन्त्रताको माग गर्नेमा परिणत भएका प्रदर्शनहरू हप्तौँदेखि चलेका छन्।

पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्‌कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्। हङ्‌कङ सन् १९९७ यता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अङ्ग रहिआएको छ। त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : २४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न