विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश | Khabarhub Khabarhub

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले भारतबाट नेपाल आयत हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले तरकारी तथा फलफूलको आयतमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्का निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो ।

इजलासले विषादी परीक्षण सम्बन्धमा दायर भएका तीनवटा रिटमा आदेश गर्दै भन्सारमा परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।

विषादी चेकजाँच नगरी भारतीय तरकारी र फलफूल नेपाल भत्रन दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार विभिन्न तीन वटा रिट दायर भएका थिए ।

आदेशमा निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जपाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

यस्तै यो विषयमा दुवै पक्ष राखि छलफल गर्न आवश्यक देखिएको भन्दै अदालतले साउनको ३० गते उपस्थित हुन र छलफलबाट टुंगो नलागेसम्म असार १८ गतेको निर्णय कार्यान्वयन नगर्नु नरउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ०६ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन