प्रदेशमा समायोजन हुने प्रहरीको स्वतः एक तह बढुवा गर्न प्रस्ताव | Khabarhub Khabarhub

प्रदेशमा समायोजन हुने प्रहरीको स्वतः एक तह बढुवा गर्न प्रस्ताव


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीबाट प्रदेश प्रहरीमा समायोजन हुने प्रहरी कर्मचारीको स्वतः एक तह बढुवा हुने प्रस्ताव अगाडि सारिएको छ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले यस्तो प्रस्ताव अगाडि सारेका छन् । समायोजनपछि पनि प्रहरीको मनोबल कमजोर हुन नदिन स्वतः एक तह बढुवा हुने व्यवस्था गर्नुपर्ने बडुको भनाइ छ ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै बडुले सशस्त्र प्रहरीको गठनका बेला र निजामती सेवाका कर्मचारीको हकमा लागू भईसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याई गर्न नहुने तर्क पनि अगाडि सारे ।

विधेयकमा करिव २० हजार प्रहरी कर्मचारी संघ मातहत रहने र अन्य (करिब ५५ हजार)लाई प्रदेशमा समायोजन गर्ने व्यवस्था गरिएको छ ।

सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उच्च राख्न पनि उनीहरुको स्वतः एक तह बढुवा गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ३८ बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ