नायिका शिल्पा पोखरेलले दिइन् छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी | Khabarhub Khabarhub

नायिका शिल्पा पोखरेलले दिइन् छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिल्पा पोखरेल र छविराज ‌ओझा ।


काठमाडौं – मोडल तथा नायिका शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसा गरेको आरोप लगाउँदै उजुरी दिएकी छिन् । शिल्पा र छविराज ओझा पति-पत्नी भए पनि यी दुईले मिडियामा भने यो तथ्यलाई लुकाउँदै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शिल्पाले ३ दिनअघि आफू घरेलु हिंसामा परेको उजुरी दिएकी हुन् । शिल्पाले दिएको उजुरीका आधारमा यी दुईलाई आज (बुधवार) छलफलका लागि बोलाइएको छ ।

शिल्पा र छविराजले वि.सं. २०७३ मा बिहे गरेका थिए । बिहे गरे पनि उनीहरुले सार्वजनिक रुपमा भने बिहे नगरेको बताउँदै आएका थिए । केही महिनाअघि मात्र निर्माता छविराज ओझाले एक अन्तर्वार्तामा आफू र शिल्पाले बिहे गरेको स्वीकारेका थिए ।

निर्माता ओझाले यसअघि नायिका रेखा थापासँग बिहे गरेका थिए । रेखा र छविबीचको सम्बन्ध सुमधुर हुन नसकेपछि यी दुईले डिभोर्स गरेका थिए । त्यसपछि छविले अभिनेत्री शिल्पा पोखरेलसँग बिहे गरेका थिए ।

म्युजिक भिडियोमा पनि सक्रिय शिल्पा पछिल्लो समय ओझाले नै निर्माण गरेको फिल्म ‘मंगलम्’ मा देखिएकी थिइन् । उक्त फिल्ममा शिल्पाले अभिनेता पुष्प खड्कासँग जोडी बाँधेकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : १७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका