बीजेपीका कारण मदिरा उद्योग मौलायो : प्रियंका गान्धी | Khabarhub Khabarhub

बीजेपीका कारण मदिरा उद्योग मौलायो : प्रियंका गान्धी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–उत्तर प्रदेश र उत्तराखण्डमा विशाक्त मदिराका कारण ज्यान गुमाउनेका सङ्ख्या बढ्दै जाँदा भारतीय काँग्रेस पार्टीकी महासचिव प्रयंका गान्धीले त्यहाँका भारतीय जनता पार्टी बीजेपी नेतृत्वको सरकारले अवैध मदिरा उद्योगलाई प्रोत्साहन गरेको आरोप लगाएकी छिन् ।

‘‘उत्तर प्रदेश र उत्तराखण्डमा विशाक्त मदिरा सेवनका कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको घटनाप्रति म दुःखित छु । ती राज्यमा बीजेपी सरकारको सहयोगबिना अवैध मदिरा उद्योग सञ्चालन हुनै सक्दैनन् ।’’ गान्धीले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ।

उनले त्यहाँका बीजेपी सरकारले अवैध मदिरा उद्योगमाथि कडा कारवाहीका लागि समेत आह्वान गरेकी छिन् । काँग्रेसले पूर्वी उत्तर प्रदेशको नेतृत्व गर्नेगरी महासचिव बनाएपछि अवैध मदिरा उद्योगका विषयमा गान्धीको यस्तो भनाइ आएको हो ।

उत्तराखण्डको बालुपुर गाउँमा एक अन्त्येष्टि कार्यक्रमपछि मानिसहरुले अवैध मदिरा पिउँदा हालसम्म कम्तीमा ९७ जनाको ज्यान गइसकेको छ भने प्रहरीले अवैध मदिरा उद्योग सञ्चालक तथा कारोबारी गरी २ सय जनाभन्दा धेरैलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका