कश्मीरमा ५ लडाकु मारिए | Khabarhub Khabarhub

कश्मीरमा ५ लडाकु मारिए


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बलको कारबाहीमा ५ लडाकु मारिएका छन् । भारत प्रशासित कश्मीरको कुलगाम क्षेत्रमा सरकारी सुरक्षा बल र कश्मीरी लडाकुबीच भएको भीडन्तमा ५ लडाकु मारिएका हुन् ।

लडाकु लुकेर बसेको सूचनाका आधारमा भारतीय प्रहरी, राष्ट्रिय राइफलको एकाई र विशेष फौजले त्यस क्षेत्रमा संयुक्त कारबाही गरेको थियो । आइतबार बिहान ६ बजेबाट शुरु भएको कारबाही मध्याह्न १२ बजेसम्म चलेको थियो ।

कारबाहीका क्रममा ५ जना स्थानीय लडाकु मारिएको र उनीहरुको साथबाट भारी मात्रामा हतियार र अन्य सैनिक सामग्री बरामद गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

भारतीय सैनिक कारबाहीपछि त्यहाँ विशाल भारत विरोधी प्रदर्शन भएको जनाइएको छ । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ३४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६