मुन्द्रे शो कपिल शर्माको शो मिल्छ भन्ने कमेन्ट पुरानो भइसक्यो: जितु नेपाल | Khabarhub Khabarhub

मुन्द्रे शो कपिल शर्माको शो मिल्छ भन्ने कमेन्ट पुरानो भइसक्यो: जितु नेपाल


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार जितु नेपाल पछिल्लो समय फिल्मका कारणले भन्दा बढी टेलिभिजनबाट प्रसारण हुने शो ‘मुन्द्रेको कमेडी क्लब’ का कारण बढी चर्चामा छन् । साथै जितु आफ्नो टिमले निर्माण गर्ने दुई फिल्मको तयारीमा पनि जुटेका छन् । जुनमध्ये एक फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

‘मुन्द्रेको कमेडी क्लब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको जितु बताउँछन् । उनका अनुसार यो शो ले पहिलेको भन्दा बढी दर्शकको मन जितेको छ । युट्युबमा पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

‘कमेन्टमा एउटा समूह जे गरे पनि विरोध गर्ने नै हुने रैछ, भलै शो को राम्रो प्रतिक्रिया आइरहेको छ’, जितुले खबरहबसँग कुरा गर्दै भने, ‘यो शो आफ्नो देशमा गरिएको आफ्नो काम हो, यो नेपाली परिवेशको शो पनि हो ।’

जितुलाई भने यो शो भारतमा कपिल शर्माले चलाउने कपिल शर्मा शोको कपी गरेको भनेर केही दर्शकले गाली समेत गर्ने गरेका छन् । जितु भने यो शो आफ्नै स्टाइलको भएको तर कपिल शर्माको शो र आफ्नो शोको बिउ एउटै भएको बताउँछन् ।

‘भारतमा उम्रे पनि त्यो मकै हो, अमेरिकामा उम्रे पनि त्यो मकै नै हो ।’ जितुले भने, ‘कपिल शर्मासँग शो मिलेको भन्ने कमेन्ट पुरानो भइसक्यो ।’

दर्शकले यो शो भारतका कमेडीयन कपिल शर्मा शोबाट प्रभावित भई उस्तै कार्यक्रम निर्माण भएको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही