आर्थिक मन्दीमा परेका साउदी कम्पनीलाई बजेट, नेपाली कामदारलाई पुग्ला फाइदा ? | Khabarhub Khabarhub

आर्थिक मन्दीमा परेका साउदी कम्पनीलाई बजेट, नेपाली कामदारलाई पुग्ला फाइदा ?


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अलले पछिल्लो समय आर्थिक मन्दीमा परेर बन्द हुने अवस्थामा पुगेका रोजगारदाता कम्पनीका लागि बजेट विनियोजन गरेका छन् ।

राजा सलमानले सन् २०१७ /२०१८ मा विदेशी कामदार अनुमति पत्रको शुल्क तिर्न नसकेका साना तथा मझौला कम्पनीहरूलाई ११ अर्ब ५० करोड साउदी रियाल विनियोजन गरेको साउदी अरबका सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् ।

गएको दुई वर्षदेखि आर्थिक मन्दीबाट बन्द हुने अवस्थामा पुगेका साउदीका कम्पनीहरुलाई यसले ठूलो राहत पुग्ने र स्थानीय नागरिकसहित विदेशी कामदारलाई निर्माण क्षेत्रमा पुन रोजगारीका अवसर सिर्जना हुने सम्भावाना देखिएको छ ।

राजा सलमानले मन्दीमा परेका कम्पनीका लागि छुटाएको बजेट साउदीको श्रम मन्त्रालयले आर्थिक संटकमा परेका कम्पनीको अध्ययन गरेर वितरण गरिने योजना रहेको जानएको छ ।

साउदी अरबमा हाल नेपालीसहित ८० लाख भन्दा बढी आप्रवासी कामदार रहेका छन् । उनीहरुले त्यहाँ कम तलबमा जोखिमपूर्ण काम गरिरहेका छन् । कतिपयले महिना पुरा भएको लामो समयसम्म पनि तलब, सुविधा पाउन सकेका छैनन् । तलब नपाउनेमा साउदी नागरिकको संख्या ठूलो रहेको विभिन्न सञ्चारमाध्यम जनाउदै आएका छन् ।

पछिल्लो समय साउदीमा देखिएका आर्थिक मन्दीका कारण विदेशी कामदार भित्रिने क्रम मासिक रुपमा घट्दै गएपछि त्यहाँ सरकारले आप्रावासी र स्वदेश श्रमिक बराबर राखेको रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : ५० बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस