गुठी सम्बन्धी विधेयक धर्म, संस्कृतिको प्रतिकूल छैन– सरकार, ‘होली वाइन छर्केर’ संस्कृति मास्न खोजियो–कांग्रेस | Khabarhub Khabarhub

गुठी सम्बन्धी विधेयक धर्म, संस्कृतिको प्रतिकूल छैन– सरकार, ‘होली वाइन छर्केर’ संस्कृति मास्न खोजियो–कांग्रेस


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गुठी सम्बन्धी विधेयकले संसदमा हंगामा भएको छ ।

आइतबार गुठीयारहरुले माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनमा सरकारले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्रीको राजीनामा माग गरेको छ ।र, उसले उक्त विधेयकको विरोध गरेको छ ।

गुठी समबन्धी विधेयकले परम्परा, मूल्य मान्यता, धर्म संस्कृति र धरोहरमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ । उता सरकारले भने विधेयकले धर्म संस्कृतिमाथि प्रस्तावित विधेयकले केही फरक नपार्ने दाबी गरेको छ ।

भूमिसुधार मन्त्री पद्मा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी छिन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि ल्याईएको विधेयकको विरोधमा भएको शान्ति पुर्ण प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि विभागिय मन्त्रीका दृष्टिबाट मन्त्री अर्यालले विधेयकबारे स्पष्ट पारेकी थिइन् ।

उनले मर्म र भावनालाई प्रतिकुल पार्ने गरि विधेयक प्रस्तुत नभएको भन्दै विधेयकलाई गम्भीर रुपमा अध्ययन गर्न आग्रह गरिन् । उनले भनिन्“संविधानलाई एकिकृत रुपमा बुझ्नुपर्छ । संविधानको एउटा धाराको व्याख्या मात्रै हेरेर, एउटा अनुसुची मात्रै हेरेर संविधानको प्रतिकुल हुन्छ कि अनुकुल हुन्छ भन्ने निष्कर्ष निक्लन्छ जस्तो लाग्दैन ।”

संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको भन्दै उनले संविधानलाई एकिकृत रुपमा बुझ्न आग्रह गरिन् । विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, मठ मन्दिर , धर्म संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकुल पार्ने व्यवस्था नभएको भन्दै उनले विधेयकप्रति धेरै सन्देह प्रकट नगर्न आग्रह गरिन्।

मन्त्री अर्यालले आईतबारको प्रर्दशनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेका सदनलाई जानकारी गराइन् ।

मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सचेतक पुष्पा भुसालले संसदीय मुल्य र मान्यता नियमावलि अनुसार संसद सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दे उभिएर विरोध गरिरहेको अवस्थामा सभामुखको निर्देशनबाट सत्तापक्षको सांसदबाट बोल्न दिने काम भएको भन्दै उनले आपत्ति जनाइन् ।

भुसालले माईतिघर मण्डलामा गुठीयारमाथि भएको धरपकडप्रति भुमिसुधार मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै गृहमन्त्रीको जवाफ माग गरिन् । मन्त्रीले धरकपड गरेको स्वीकार गरेको भन्दै सांसद भुसालले त्यसबारे गृहमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले सदन संचालन गर्न नदिने बताइन् ।

यसअघि कांग्रेस सचेतक बालकृष्ण खाँडले सरकार धर्म संस्कृति परम्परा र धार्मिक धरोहर मास्न लागेको आरोप लगाए । होलीवाइनको प्रसंग निकाल्दै उनले भने,‘होली वाइन छर्कदै हिँड्ने सरकारले धर्म संस्कृति र परम्परा मास्न खोज्यो ।’

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १ : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न