गुठी सम्बन्धी विधेयकले संसदमा हंगामा | Khabarhub Khabarhub

गुठी सम्बन्धी विधेयकले संसदमा हंगामा


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी सम्बन्धी विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका गुठियारमाथि सरकारले दमन गरेको भन्दै संसदमा हंगामा भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक शुरुहुनासाथ कांग्रेसका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महाराले कांग्रेस सांसद बालकृष्ण खाँडलाई बोल्न समय दिएका थिए ।

सांसद खाँडले शान्तिपूण आन्दोनमा उत्रिएका गुठीयारमाथि सरकारले बल प्रयोग गरेर बर्बता देखाएको आरोप लगाए ।

सरकारले अगाडि बढाएको गुठी सम्बन्धी विधेयकले हाम्रो धर्म संस्कृति र सम्पदामाथि गम्भीर प्रहार गरेको उनको भनाइ थियो । गुठीले प्राचिनकाल देखि मठमन्दीरलाई व्यवस्थिगत गरेको र परम्परालाई जोगाएको भएपनि सरकारले त्यसमाथि आक्रमण गर्न खोजेको उनले आरोप लगाए ।

‘शान्तिपूर्ण रुपमा भेला समर्थन र विरोध गर्न संविधानले स्वतन्त्रता प्रदान गरेको छ तर राज्यले शान्तिपूर्ण रुपमा भेला भएका नागरिकमाथि बर्बतापूर्बक आकमण गरेको छ यसको घिोर विरोध गछौं’ उनले भने ।

सरकारले धेरै ठूलो रकम खर्च गरेर होलिवाइन छर्कन हिँडेको आरोप लगाउँदै उनले जनताले आपत्ति जनाउँदा पनि सरकारले वेवास्ता गरेको बताए ।

संविधानको पालना गर्नुपर्ने राज्यशक्ति सरकार नै संविधान उल्लंघनमा लागेको उनको आरोप थियो । प्रेस र

विरोध गर्ने समर्थन गर्ने आम नागरिकको सुरक्षा गर्ने सरकार गम्भीर नभएसम्म संसद चल्न नदिने उनले चेतावनी दिए ।

त्यसपछि नेकपाकी सांसद पम्फा भुसाल बोलेकी थिइन् । उनले हिजो सरकारले गुठीयारको विरोधमा गरेको हस्तक्षेपको विरोध गरिन् । सांसद भुसाल बोलिरहँदा कांग्रेस सांसदहरुले संसदमा होहल्ला गरिरहे ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १२ : २७ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा