२०० करोड खर्च गरेर विवाह– २ सय हेलिकप्टर र सय जना पण्डित बुक, ४०० प्रकारको खाना ! « Khabarhub

२०० करोड खर्च गरेर विवाह– २ सय हेलिकप्टर र सय जना पण्डित बुक, ४०० प्रकारको खाना !


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

भारतको उत्तराखण्डमा एक यस्तो राजकीय विवाह हुनेभएको छ जसबारे थाहा पाउनुभयो भने तपाई आश्चर्यमा पर्नुहुन्छ ।

यो विवाहका लागि २ सय हेलिकोप्टर र १०० जना पण्डित बुक गरिएको छ । विवाहको लागि बनाइएको निमन्त्रणा कार्डपनि अनौठो खालको छ । यसमा विवाहको जानकारी भएको छ पाना छ । जुन चाँदीले बनेको छ । यतिमात्र होइन विवाहमा बलिउडका हस्तीहरुपनि हुनेछन् ।

यति थाहा पाइसकेपछि तपाईंहरुलाई कसको विवाह होला भन्ने खुलदुली चल्यो होला ?

यो विवाह भारत सहारनपुरको एनआरआइ गुप्ता परिवारका सदस्यको हो । अजय र अतुल गुप्ताका छोरा सूर्यकान्त र शशांकको विवाह क्रमश २० र २२ जुनमा तय भएको छ । विवाहको कार्यक्रम औलीमा १८ देखि २२ जुनको बीचमा हुनेछ ।

सूर्यकान्तको विवाह हिरा व्यापारी सुरेश सिंघलकी छोरी कृतिका सिंघलसँग र शशांकको विवाह दुबइका व्यापारी विशाल जालनकी छोरी शिवांगीसँग हुन लागेको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अजय गुप्ताले छोराको विवाह कार्यक्रम इटलीमा गर्न चाहेका थिए तर सरकारको पहलमा उनीहरुले विवाह भारतमा नै गर्ने योजना बनाएका हुन् । यो विवाहमा २०० करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विवाहको लागि बनाइएको निमन्त्रणा कार्ड एक डिव्वामा बनाइको छ । जसको तौल ४.५ किलोको रहेको छ ।

विवाह कार्यक्रममा बलिउडका हस्तीहरु पनि जानेछन् र आफ्नो प्रस्तुती दिनेछन् । जहाँ कटरिना कैफ, सिदार्थ मल्होत्रा, शाहिद कपूरका अलावा कैलाश खेर, शंकर अहसान लाय, विशाख शेखरको पनि उपस्थिति हुनेछ ।

विवाहमा स्वदेशी मात्र नभएर विदेशी पाहुना पनि पुग्छन् । उनीहरुको लागि २०० वटा हेलिकोप्टर पनि बुक गरिएको छ । हेलिकोप्टरले दिल्ली र देहरादुनमा उडान भर्ने छ । विवाहमा आएकाहरुलाई हिमालय पनि घुमाउने योजना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवाहपछि पाहुनाहरुलाई बद्रीनाथ लैजाने कार्यक्रम तय भएको छ । यसका साथै पाहुनाका लागि लगभग ४०० प्रकारको अलग अलग खानाको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : ३० बजे

नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता

 राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु

काठमाडौँ– राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि

संसदीय अनुमोदनपछि के हुँदैछ एमसीसी ?

काठमाडौँ- प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) एमसीसी अनुमोदन

नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष पेश भए के हुन्छ ?

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा

जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल