नेपालमा मनसुन एक हप्ता ढिलो भित्रने, प्रदेश १ देखि ५ सम्म कम पानी पर्ने अनुमान | Khabarhub Khabarhub

नेपालमा मनसुन एक हप्ता ढिलो भित्रने, प्रदेश १ देखि ५ सम्म कम पानी पर्ने अनुमान


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा यस वर्ष एक हप्ता ढिलो गरी मनसुन भित्रने भएको छ । नेपालमा मौसम भित्रिने दिनका हिसावमा जुन १० अर्थात आज हो । तर यस वर्ष एक हप्ता ढिलो गरी मनसुन भित्रने मौसमविदहरुको भनाइ छ ।

‘मनसुन आउने क्रममा छ,’ मौसमविद् मञ्जु बासीले भनिन्,‘मनसुनले भारतको केराला छोयो, अब विस्तारै नेपाल भित्रने छ ।’

मनसुनअघि सक्रिय बनेको प्री मनसुनले भने आकाश छाडेको छैन । प्री मनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा शुरु हुन्छ ।

‘अझ ६ दिनजति लाग्ला नेपालमा मनसुन आउन’ अर्का मौसमविद् समिर श्रेष्ठले थपे,‘शुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्य क्षेत्रमा मनसुन पस्छ ।’

‘यस बेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ’ श्रेष्ठले भने ‘त्यस स्थानमा भारतको मध्य क्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बङ्गालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।’ जलवास्पयुक्त उच्च चापीय वायुको उच्च वाहवसँगै मनसुन भित्रेने गर्छ ।

यस वर्ष पूर्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यस वर्षको मनसुन फोरमले गरेको छ ।

सोही अनुसार प्रदेश १,२,३,४ र ५ मा वर्षा कम हुन सक्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ५९ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती