नेकपाको सरकार हिटलरी फाँसीवादको नेपाली संस्करण | Khabarhub Khabarhub

नेकपाको सरकार हिटलरी फाँसीवादको नेपाली संस्करण



भनिन्छ नेपालमा यतिबेला कम्युनिस्टको दुई तिहाइको बहुमत प्राप्त सरकार छ । यसलाई वामपन्थीहरूको सरकार छ पनि भनिएको छ ।

हो , नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रथम अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । र भनिन्छ उनकै नेतृत्वमा बलियो अर्थात् दुई बहुमतको जननिर्वाचित सरकार छ । यसले समाजवाद उन्मुख बाटो लिएको छ । देशको चौतर्फी बिकास गर्ने मुलुकको समृद्धि नै यसको लक्ष्य हो भनिएको छ । यो सरकारले साढे एक वर्ष पार गरि सक्यो । र, यो कम्युनिस्टहरूको ज्यादै बलियो सरकार हो यसलाई पाँच वर्षसम्म कसैले हल्लाउन सक्तैन भनिएको छ ।

हो , यसलाई बाहिरबाट हेर्दा कम्युनिस्टहरूकै सरकार हो , वामपन्थीहरूकै सरकार हो , अन्यथा भन्न मिल्दैन र सुहाउँदैन पनि भन्ने पनि लाग्न सक्छ । किनभने यो ओली नेतृत्वको सरकार पूर्व नेपाल कम्युनिस्ट ( एमाले ) र पूर्व नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बीच एकता भएर बनेको कम्युनिस्टहरूको भारी बहुमतले बनेको दुई तिहाइको एकदमै बलियो सरकार हो भन्ने लाग्नु स्वाभाविकै हो ।

ओली नेतृत्वको डब्बल नेकपाको सरकार राजनीतिक हिसावले दलाल सरकार हो । अझै स्पष्ट पार्नु पर्दा यो सरकार दलाल तथा नोकरशाही पुँजीपतिवर्ग एवम् सामन्त वर्गको नेतृत्व गर्ने दलाल सरकार हो

किन भने सोझो आँखाले हेर्दा त्यस्तै नै देखिन्छ । किनकि पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) यसो हेर्दा खेरी पार्टीको नाम पनि डब्बल कम्युनिस्ट पार्टी । कार्यालयको नाम पनि कम्युनिस्ट पार्टी कै राखिएको छ । तलमाथि सबै कार्यालयहरुमा कम्युनिस्ट पार्टीकै झण्डाहरु फहराइएका छन् ।

हरठाउँमा हेर्दाखेरी यो सरकार कम्युनिस्ट सरकार बाहेक अर्को सरकार रै होइन भन्ने देखिन्छ । किनकि बुर्जुवा दक्षिणपन्थी पार्टी नेपाली कांग्रेस सरकारको प्रमुख प्रतिपक्षी पार्टीको रुपमा रहेको छ र उसले बारम्बार चर्को स्वरले ओली नेतृत्वको दुई तिहाइको सरकारले बहुमतको आडमा कम्युनिस्ट अधिनायकवाद लाद्न खोज्यो भनेर चिल्याइरहेको छ ।

यो सरकारले आफूलाई कम्युनिस्टको सरकार भएको र समाजवाद उन्मुख रहेको दावी गर्दै पनि आएको छ । यी सब भनाइ र गराई तथा सुनाइहरुलाई मध्नजरले हेर्ने हो भने ओली नेतृत्वको सरकार कम्युनिस्ट सरकार नै हो , वामपन्थीहरूकै सरकार हो भन्ने जस्तो लाग्दछ ।

वर्तमान ओली नेतृत्वको डब्बल नेकपाको सरकार कम्युनिस्ट सरकार पनि होइन, वामपन्थीहरूको सरकार पनि होइन, त्यसो भए सरकार के हो त यो भन्ने प्रश्न खडा हुन आउँछ । प्रस्ट कुरा के हो भने यो ओली नेतृत्वको डब्बल नेकपाको सरकार राजनीतिक हिसावले दलाल सरकार हो । अझै स्पष्ट पार्नु पर्दा यो सरकार दलाल तथा नोकरशाही पुँजीपतिवर्ग एवम् सामन्त वर्गको नेतृत्व गर्ने दलाल सरकार हो ।

चारित्रिक हिसावले ओली नेतृत्वको वामपन्थी भनाइएको यो सरकार सामाजिक फासीवादी सरकार हो । हिटलरी फासीवादको नेपाली संस्करण सरकार हो । सामाजिक फासीवादी भन्नुको मतलव नामले कम्युनिस्ट सरकार, कामले क्रान्तिकारीहरुमाथि दमन गर्ने भएकाले यो सामाजिक फासीवादी सरकार हो ।

एउटा हातमा कम्युनिस्ट पार्टीको झण्डा फहराउँदै हिड्ने र अर्को हातमा बन्दुक बोकेर कम्युनिस्ट क्रान्तिकारीहरुमाथि बन्दुक चलाउने सरकारलाई सामाजिक फासीवादी सरकार भनिन्छ । अहिले यो सरकारले त्यही हर्कत गरिरहेको छ । विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर श्वयत आतंक मच्चाएर क्रान्तिकारी कम्युनिस्टहरूलाई तर्साउनु यसको जिउँदो प्रमाण हो ।

वर्तमान सत्तारूढ डब्बल नेकपा दक्षिणपन्थी संशोधनवाद तथा नवसंशोधनवादको बाटो हुदै प्रतिक्रियावादमा पतन भइसकेको शक्ति हो । यसको कुनै वर्ग छैन । किनभने संशोधनवाद भनेको अन्तर्राष्ट्रिय परिघटना हो । यसको मुख्य स्रोत पुँजीवाद हो । तर संशोधनवादीहरुको कुनै वर्ग हुदैन । किनकि उसले कम्युनिस्ट पार्टीलाई परित्याग गरिसके हुन्छ ।

कम्युनिस्टहरू भनेका सर्वहारा वर्गका प्रतिनिधि हुन्छन् र उनिहरु कम्युनिस्ट पार्टीमा संगठित भएका हुन्छन् । कम्युनिस्ट पार्टीहरुले जनताको मुक्तिको नेतृत्व गरेका हुन्छन् । उनीहरूसंग जनता हुन्छ र जनताको साथ र सहयोगमा क्रान्तिको कामलाई अगाडि बढाउछन् । र क्रान्तिको नेतृत्व गर्दछन् ।

यो नाम मात्रको कम्युनिस्ट पार्टी हो । कामले बुर्जुवाहरुको पार्टी हो । यो नक्कली कम्युनिस्ट हो । अर्थात् नामधारी कम्युनिस्ट हो । यो संग कुनै वर्ग छैन । यसको कुनै वर्ग आधार छैन

क्रान्तिका लागि निश्चित देश र भूभागको आवश्यकता पर्दछ कम्युनिस्टहरूलाई। कम्युनिस्टहरू अन्तर्राष्ट्रिय हुँदाहुँदै पनि क्रान्ति त निश्चित निश्चित देशहरूमा सम्पन्न गर्दै अन्तिममा विश्वक्रान्ति गर्नु पर्ने भएकोले पहिले आफू बसेकै देशमा क्रान्ति गर्नु पर्ने हुन्छ । त्यसो भएर पहिलो नम्बरमा कम्युनिस्टहरू देशभक्त तथा जनवादी हुने गर्दछन् । देशभक्त तथा जनवादी चरित्र नभएकाहरु कम्युनिस्ट त के वामपन्थी सम्म पनि हुन सक्तैनन् ।

वर्तमान ओली नेतृत्वको डब्बल नेकपा माथि नै विष्लेशन गरिएको छ , यो नाम मात्रको कम्युनिस्ट पार्टी हो । कामले बुर्जुवाहरुको पार्टी हो । यो नक्कली कम्युनिस्ट हो । अर्थात् नामधारी कम्युनिस्ट हो । यो संग कुनै वर्ग छैन । यसको कुनै वर्ग आधार छैन ।

डब्बल नेकपा राजनीतिक रुपले दलालको रुपमा परिणत भइसकेको छ । सामाजिक रुपले तेस्रो लिङ्गीका रुपमा परिणत भइसकेको छ भने जीवशास्त्रीय रुपले ठिमाह प्रजातिका रुपमा परिणत भइसकेको छ । आर्थिक रुपले भ्रष्टिकरणका रुपमा परिणत भइसकेको छ । साँस्कृतिक रुपले पथभ्रष्ट कुरुप बनिसकेको छ ।

तसर्थ सत्तारूढ डब्बल नेकपाले जनतालाई कम्युनिस्ट भएको भन्दै झुक्याई रहेको छ । जनतालाई ढाँटिरहेको रहेको छ । जनतालाई झुक्याएर गत निर्वाचनमा दुई तिहाई बहुमत ल्याएको नाटक मञ्चन गरिरहेको छ ।

त्यसैले डब्बल नेकपा भित्र वर्ग उत्थान भइरहेको छ । सत्तामा जसरी तसरी बसिरहने । दरपुस्ता धान्ने सम्पत्ति राष्ट्रिय ढुकुटीमाथि ब्रह्मलुट मच्चाउने काममा व्यस्त छन् । यी सबै कारणले केपी ओली र पुष्पकमल दाहाल द्वयले नेतृत्व गरेको सत्तारूढ डब्बल नेकपा कम्युनिस्ट नभएकाले उनीहरूले नेतृत्व गरेको सरकार कम्युनिस्टहरूको सरकार हुने कुरै भएन । यसलाई सबैले यही रुपमा बुझ्न आवश्यक हुन्छ । माकर्सवादी द्वन्द्ववाखका आधारमा यसलाई यही ढंगले विश्लेषण तथा संसलेषण गर्न आवश्यक हुन्छ । र ओली नेतृत्वको सरकार कम्युनिस्टहरूको सरकार नभएर भनाइएको कम्युनिस्ट सरकार हो । अर्थात् भन्न लगाइएको नक्कली एवम् नामधारी कम्युनिस्ट सरकार हो ।

जहाँसम्म मुलुकको वर्तमान अवस्थाको प्रश्न हो , मुलुक अत्यन्तै अन्योल अवस्थामा गुज्रिरहेको छ । मुलुकको अवस्थ अत्यन्तै चिन्ताजनक बन्न पुगेको छ । मुलुकको शान्ति सुरक्षाको ब्यवस्था अत्यन्तै नाजुक बन्न पुगेको छ । नागरिकहरुको जिउधनको सुरक्षा बिक्राल बनिरहेको छ । बलतकार र हत्या – हिंसाका घटनाहरु घटिरहेका छन् ।

भ्रष्टाचारले मुलुकलाई संसारभर दुर्गंन्धित तुल्याइएको छ । सरकारको यही रबैयाका कारण पश्चगामी तत्वहरुले शीर उठाउने मौका पाउदै छन् ।

महंगिले नेपाली जनताको ढाड सेकिरहेको छ ।सरकारले मूल्य नियन्त्रण गर्ने प्रयास गर्नुको सट्टा उल्टै काला बजारियाहरु , कमिशनखोरहरु र बिचौलियाहरुको संरक्षण गर्ने कार्य गरिरहेको छ ।

शैक्षिक माफियाहरु , भूमाफियाहरु, मानव तस्करहरुको बिकविकी बढिरहेको छ । सरकारले यसको नियन्त्रण गर्नुको सट्टा उनीहरूको संरक्षण गर्ने कार्य गरिरहेको छ ।

रोजगारीको समस्या बिक्राल बनिरहेको छ ।लाखौंको युवा शक्ति विदेश पलायन भैरहेको छ । गाउँ घरहरु युवा विहिन बन्न पुगेको अवस्था छ । र मुलुक रेमिटेन्सले चलिरहेको छ भनेर सत्ताधारिहरु गर्भ गरेर हिडिरहेका छन् ।

जनताको गाँस,बाँस र कपासको अवस्था नाजुक बन्न गएको छ । यो दलाल सरकारले जेठ १५ गते २०७६को आ. व. को बजेट संघीय संसदमा जुन पेस गरिएको छ , त्यो विगतमा कांग्रेसले पेस गरेको बजेट भन्दा कुनै फरक छैन । सांसदहरुलाई ६ करोड दिएर अरु भ्रष्ट गराइदै छ ।

भ्रष्ट र नालायक सरकारका व्यक्तिहरुको बढी आलोचना भैरहेकोले यो दलाल सरकारले सञ्चार माध्यमहरुमा अंकुश लगाउदै छ ।

भ्रष्टाचारले मुलुकलाई संसारभर दुर्गंन्धित तुल्याइएको छ । सरकारको यही रबैयाका कारण पश्चगामी तत्वहरुले शीर उठाउने मौका पाउदै छन् ।

मुलुकले तेस्रो जनआन्दोलनको माग गरिरहेको छ ।अब मुलुकमा तेस्रो जनआन्दोलनको विकल्प छैन ।

कम्युनिस्टहरूको बदनाम गरिरहेको यो सरकारले देश चलाउन सक्तैन । आपसि सत्ता भागबणडामा रुमलिन पुगिसकेको यो नेपाली समाजको ठिमाह सरकारले देशलाई उभो लगाउन संभव छैन ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ३१ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल