चीन विरुद्ध हङकङमा प्रदर्शन, २० वर्ष यताकै सबैभन्दा ठूलो आन्दोलन | Khabarhub Khabarhub

चीन विरुद्ध हङकङमा प्रदर्शन, २० वर्ष यताकै सबैभन्दा ठूलो आन्दोलन


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हङकङमा लाखौं मानिसले चीन विरुद्ध प्रदर्शन गरेका छन् । नयाँ कानूनले आफ्नो भूभागमा विरोधी राजनीतिज्ञलाई निशाना बनाउने भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

प्रस्तावित सुपुर्दगी कानूनले संदिग्ध अपराधिहरुको परीक्षण वा जाँचबुझका लागि मुख्य भूमी चीन लैजाने अनुमति दिन्छ ।

आन्दोलनमा १० लाख भन्दा बढी मानिस सहभागी भएको आयोजकहरुले दाबी गरेका छन् भने प्रहरीले साढे २ लाख प्रदर्शनकारी भएको बताएको छ ।

हङकङमा २० वर्षभन्दा पछि भएको यो नै सबैभन्दा ठूलो प्रदर्शन रहेको बीबीसीले जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडपसमेत भएको थियो ।

मास्क लगाएका केही प्रदर्शनकारीले विधान परिषद्को कार्यालयमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गर्दै खुर्सानीको स्प्रे प्रयोग गरेको थियो ।

केही प्रदर्शनकारी र प्रहरीको अनुहार रगताम्मे भएको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : ५६ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।