इस्लामिक स्टेटविरुद्ध अन्तिम युद्ध शुरु | Khabarhub Khabarhub

इस्लामिक स्टेटविरुद्ध अन्तिम युद्ध शुरु


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको सिरियाको अन्तिम भूभागमा अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वका फौजले अन्तिम आक्रमण शुरु गरेको छ । इराकसँग सीमा जोडिएको सिरियाको डिएर एजजोर प्रान्तमा इस्लामिक स्टेटको कब्जामा रहेका भूभागमा सिरियाली कुर्दिस फौज वाइपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले आक्रमण थालेको हो ।
डिएर एजजोर प्रान्तका दुई स–साना गाउँ अझै इस्लामिक स्टेटको कब्जामा छन् । त्यसबाहेक मध्य सिरियाको मरुभूमिमा पनि इस्लामिक स्टेट अझै सक्रिय रहेको बताइन्छ । पछिल्ला दश दिनमा डिएर एजजोर प्रान्तमा इस्लामिक स्टेटको कब्जामा रहेका गाउँबाट २० हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएपछि आक्रमण शुरु भएको एसडीएफले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार सिरियामा इस्लामिक स्टेट पूर्ण रुपमा पराजित भएको औपचारिक घोषणा गर्ने जनाएको केहीदिन लगत्तै एसडीएफले इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा आक्रमण थालेको हो । केही दिन वा साताभित्रै डिएर एजजोरमा इस्लामिक स्टेटको अन्तिम गढ भत्काउने एसडीएफको योजना छ ।
एसडीएफलाई अमेरिकाले निकै लामो समयदेखि सैनिक सहयोग गर्दै आएको छ । डिएर एजजोरमा इस्लामिक स्टेट पराजित भए पूर्वी सिरियाबाट इस्लामिक स्टेटको नियन्त्रणमा रहेको भूभाग समाप्त हुनेछ ।
यद्यपि इस्लामिक स्टेटले भूमिगत भएर आफ्ना आतंकवादी गतिविधिलाई निरन्तरता दिनसक्ने चिन्ता पनि उत्पन्न हुने गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : २२ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना