सन्दीप जोरा- विश्व क्रिकेटमा ‘रेकर्ड’ बनाउँदा पनि खिन्न ! | Khabarhub Khabarhub

सन्दीप जोरा- विश्व क्रिकेटमा ‘रेकर्ड’ बनाउँदा पनि खिन्न !



काठमाडौं– गत पौष १६ गते युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एकदिवसीय तथा तीन ट्वान्टी- २० शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक २० सदस्य घोषणा भए । घरेलु ट्वान्टी-२० फ्रेन्चाइज लिगमा राम्रो प्रदर्शन गर्दै चर्चा कमाएका केही नयाँ अनुहार प्रारम्भिक टोलीमा परे । त्यसमध्ये केही युवा खेलाडी सिनियर टोलीमा पर्ने धेरैको अनुमान थियो ।

२१ दिनपछि अर्थात् माघ ६ गते राष्ट्रिय क्रिकेट टोलीको खेलाडी छनोट समितिले १६ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गर्यो । नयाँ अनुहारले स्थान बनाउने कतिपयको अनुमान सही भयो ।

आशालाग्दा युवा खेलाडीले सिनियर टोलीमा स्थान बनाए । उनीहरुले सिनियर टोलीमा स्थान बनाउँदा कतिपयले राष्ट्रिय टोलीको ब्याटिङ सुधार हुने विश्वास समेत लिए । युवा खेलाडी मध्येमा एक थिए, महेन्द्रनगरका सन्दीप जोरा ।

घरेलु लिगमा लामो-लामो सर्ट प्रहार गर्न माहिर मानिएका जोरा यूएईविरुद्धको अन्तिम १६ मा पर्दा धेरैले यूएईविरुद्धको खेलमा उनले एकदिवसीय तथा ट्वान्टी-२० मा ओपनिङ अथवा मध्यक्रममा स्थान बनाउने शंका गर्न थालिसकेका थिए ।

प्राय ब्याट्सम्यानले ५० रन पूरा हुँदा ब्याट उठाएर सेलिब्रेसन गर्ने गर्छन् । तर, सन्दीपले ५० रन पूरा हुँदा ब्याट उठाएनन्, किन ?

‘राष्ट्रिय टोलीका लागि सधै सन्दीप जोरा, अभिनास बोहरा र रोहितकुमार पौडेलजस्ता ट्यालेन्ट खेलाडी आइरहँदैनन्,’ नेपाली क्रिकेट विश्लेषक देवेन्द्र सुवेदीले खबरहबसँग भनेका थिए । उनको उक्त अभिव्यक्ति र जोराले युएईमा देखाएको बलियो उपस्थितिले  धेरै बयान गर्नु ‘सुनलाई कसी लाउनु’ जस्तै हो ।

माघ १४ गते नेपालका लागि त ऐतिहासिक दिन बन्यो नै तर, व्यक्तिगत रुपमा सन्दीप जोराका लागि पनि ऐतिहासिक दिन रह्यो । सिनियर राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा ‘डेब्यु’को अवसर पाए ।

डेब्यु खेलमै उनको आफ्नो उपस्थिती बलियो रह्यो । “पहिलो पटक सिनियर टोलीबाट डेब्यु गर्दा आश्चर्यचकित भएँ । यति छोटो समयमा सिनियर टिमबाट ‘डेब्यु’ हुन्छ भन्ने सोचेको पनि थिइन,” जोराले अगाडि थपे,“ब्याटिङमा पारस दाइसँग खेल्न पाए । उहाँले दबाब नलिइ खेल्न भन्नुभएको थियो । मलाई दबाब लिन पनि दिनुभएन । आफ्नो फ्लोमा खेल्दा केही रन जोड्न सके ।”

९९—३ को अवस्थामा कप्तान पारस खड्काले खेलिरहँदा उनलाई साथ दिन आएका जोराले १९ रन बनाएर १२९—४ को अवस्थामा पवेलियन फर्किए । कप्तान खड्काले पहिलो एकदिवसीय शतक प्रहार गरेको दिन नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै एकदिवसिय शृङ्खला २—१ ले जितेको थियो ।

पहिलो पटक राष्ट्रिय टोलीमा परेका जोराले सिनियर खेलाडीहरुबाट धेरै कुरा सिक्न पाइएको प्रतिक्रिया दिए । उनले भने “यूएई भ्रमणमा रहँदा सिनियर खेलाडीबाट धेरै कुरा सिक्ने अवसर पाए ।”

नेपालबाट यूएई जानुअघि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले सन्दीप जोरा ट्वान्टी—२० शृङ्खलाका लागि फिट रहेको बताएका थिए ।

अब टिममा परिरहन हामीले निकै धेरै मेहेनत गर्नु पर्नेछ । अहिलेको जस्तो अबको यात्रा सजिलो छैन ।

सिनियर टोलीबाट जनवरी ३१ अर्थात माघ १७ गते ट्वान्टी—२० शृङ्खलामा पनि डेब्यु गरेका जोराले पहिलो खेलमै इतिहास रचे ।

ट्वान्टी—२० डेब्युको पहिलो खेलमै नटआउट रहँदै ५३ रन बनाए । त्यसक्रममा उनले ३ चौका र १ छक्का प्रहार गरे । जोराले ट्वान्टी—२० मा १७ वर्ष १०३ दिनमा अर्धशतक प्रहार गर्दा कम उमेरमा अर्धशतक पूरा गर्ने क्रिकेटरको किर्तीमानी आफ्नो नाममा दर्ज गरे ।

यूएईमा आफ्नो किर्तिमानी कायम गर्न सफल सन्दीपले विश्व किर्तिमानी बनाउँदा समेत खुसीको उत्सव मनाउन नपाएको गुनासो पोखे ।
त्यसोत, उनले ५० रन पूरा गर्दा सेलिब्रेसन समेत गरेनन् ।

प्राय ब्याट्सम्यानहरुले ५० रन पूराहुँदा ब्याट् उठाएर सेलिब्रेसन गर्ने गर्छन् । तर, सन्दीपले ५० रन पुरा हुँदा ब्याट उठाएनन् । किन ? उनी भावुक हुँदै भन्छन् “ देशका लागि खेलिरहेको थिए । टिमलाई जितको खाँचो थियो । ब्याट उठाउन भन्दा पनि रन कसरी जोड्ने भन्नेमा ध्यान दिइरहेको थिए । त्यसैले ब्याट् उठाएन ।”

कीर्तिमान बनाएपछि सन्दीपले भने, “मैदानमा खेलिरहँदा मैले किर्तिमान बनाएको थाहा नै पाइन, किर्तिमान बनाएको थाहा पाउँदा पनि खुसी हुन सकिन, किनकी मैले ५० रन बनाए पनि टिमलाई जित दिलाउन नसकेका कारण खिन्नता महसुस भइरह्यो ।”

दोस्रो खेलमा सिनियर खेलाडीहरुले अघिल्लो दिनको खेल बिर्सेर दोस्रोखेलमा केन्द्रीत हुन भनेका थिए । तर, राम्रो रन बन्न सकेएन,” ट्वान्टी—२० को अन्तिम खेलबारे सन्दीपले भने, “अन्तिम खेल वर्षाका कारण कमओभरमा झारिएको थियो । त्यस्तो अवस्थामा जोमैदानमा हुन्छ उसले सकेजति रन बटुल्नु पर्नेथियो । म मैदानछिर्दा ३ ओभमा १८—१९ रनमात्रै बनेको थियो । पारस दाइ र विनोद दाईसँग पार्टनरसिप राम्रो भयो ।”

यूएईमा रहँदा राम्रो प्रदर्शन गरेका सन्दीपको चर्चा जति नेपालमा भयो त्यो भन्दा बढी महेन्द्रनगरमा रहेको उनको गाउँमा भयो । कुनै पनि सन्तानले विश्व कीर्तिमान बनाउँदा आमालाई गर्व महसुस हुनु स्वभावी नै हो । सामान्य परिवारको छोरोले विश्व क्रिकेटमा कीर्तिमान बनाएको थियो ।

स्कूल पढ्दा सधै ‘पढ्’ भनेर हपार्ने आमाले खुसी हुँदै फोन गरेको सन्दीपले सुनाए । “आमाले क्रिकेट त बुझ्नु हुन्न तर, पनि कसैले भन्यो होला कीर्तिमान बनायो भनेर त्यसपछि खुसी साट्नु फोन गर्नुभएको थियो,” सन्दीपले भने ।

“हामीले विश्व कप खेल्ने योजना बनाएका छौं । आगामी दिनमा नेपालले अझै राम्रो टिमसँग खेल्नुपर्ने छ,” सन्दीपले भने,“आफ्नोलागि मात्रै भन्दा पनि देशका लागि राम्रो खेल्नु पर्नेछ ।”

यस्तै, भारतमा काम गरिरहेका सन्दीपका बुबाले पनि छोराले बनाएको कीर्तिमानबाट खुसी हुँदै फोन गरेका थिए । छोराले अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको सफलतालाई सन्दीपका बुवालेपनि थाहा पाए। बुवाले क्रिकेटमा अलिरुची राख्ने गरेको सन्दीपले बताए । उनका बुबाले उनलाई बधाई मात्रै दिएनन्, सम्झाए पनि । “बुबाले फोन गरेर बधाई त दिनुनै भयो । तर, त्यो भन्दा बढी सम्झाउनु भयो । ‘सफल हुँदा सम्हालिनु’ र ‘विफल हुँदा न आत्तिनु’ भन्नु भएको थियो ।”

“सानोहुँदा टोलमा दाइहरुले खेलेको हेर्दै हुर्के विस्तारै क्रिकेट पनि खेल्न थालियो । त्यसितबेला क्रिकेटर हुन्छु भन्ने नभए पनि सिक्नका लागि खेले । रहरले खेले विस्तारै बुझ्ने भएपछि अब क्रिकेट नै खेल्छु भन्ने भयो,” सन्दीपले भने,“एकपटक साँझ महेन्द्रनगर खुलामञ्चमा गएको थिए । त्यहाँ क्रिकेट अभ्यास गर्न लागेको हेरें । त्यहाँ सिनियर दाइहरुले अभ्यास गरेको देखेपछि मलाईपनि दिनदिनै त्यहाँ अभ्यासका लागि जान मन लाग्यो । पछि लगातार जान पनि थाले ।

आफ्नो विगत सुनाउन भावुक बनेका सन्दीपले अबको आफ्नो योजना सुनाउँदै भने,“अब टिममा परिरहन हामीले निकै धेरै मेहेनत गर्नु पर्नेछ । अहिलेको जस्तो अबको यात्रा सजिलो छैन ।

“हामीले विश्व कप खेल्ने योजना बनाएका छौं । आगामी दिनमा नेपालले अझै राम्रो टिमसँग खेल्नुपर्ने छ,” सन्दीपले भने,“आफ्नोलागि मात्रै भन्दा पनि देशका लागि राम्रो खेल्नु पर्नेछ ।”

घरेलु फ्रेन्चाइज लिगमा सन्दीपले एभरेष्ट प्रिमियर लिगमा यो सिजनको विजेता ललितपुरबाट खेलेका थिए भने धनगढी प्रिमियर लिगमा सिवाईसी अत्तरीयाबाट खेल्दैछन् भने पोखरा प्रिमियर लिगमा एक्स्पर्ट धनगढी ब्लूजबाट खेलेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : २२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको