नेपाली श्रमिकलाई समस्यामा पार्ने ६७ विदेशी कम्पनी कालोसूचीमा [नामावालीसहित] | Khabarhub Khabarhub

नेपाली श्रमिकलाई समस्यामा पार्ने ६७ विदेशी कम्पनी कालोसूचीमा [नामावालीसहित]


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली श्रमिक आपूर्ति गर्दै आएका ६७ रोजगारदाता कम्पनीलाई वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेको छ। रोजगारीमा गएका श्रमिकलाई सम्झौता भएअनुसार सेवासुविधा नदिने र कामदारलाई समस्यामा पार्ने कम्पनीलाई कालोसूचीमा राखिएको विभागले जानकारी दिएको छ।

मलेसिया, साउदी अरब, कतार र युएईका रोजगारदाता कम्पनी कालोसूचीमा परेका हुन्। मलेसियाका ५२, युएईका ६, साउदीका ५ र कतारका ४ गरी ६७ रोजगारदाता कम्पनी कालोसूचीमा राखिएको विभागका महानिर्देशक दीलिपकुमार चापागाँईंले बताए। सबैभन्दा बढी मलेसियाका रोजगारदाता कम्पनी कालोसूचीमा परेका छन्।

‘रोजगारीका क्रममा समस्यामा परेका पीडितले विभागमा गरेको उजुरीका आधारमा रोजगारदाता देशका ती कम्पनीलाई कालोसूचीमा राखिएको हो,’ महानिर्देशक चापागाँईंले भने, ‘कालोसूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली श्रमिकलाई श्रम स्वीकृति बन्द गरिएको छ।’

कालोसूचीमा परेका कम्पनीमा जाने कामदारको भिसा प्रमाणीकरण नगर्ने सम्बन्धित देशका कूटनीतिक नियोगलाई जानकारीसमेत गराइसकेको महानिर्देशक चापागाँईंले बताए। ‘कालोसूचीमा परेका रोजगारदाता कम्पनीमा श्रम स्वीकृति जारी नहुने प्रक्रिया तय भएको छ। यो जानकारी सम्बन्धित पक्षलाई गरिसकिएको छ,’ उनले भने।

विभागले कालोसूचीमा राखेका कम्पनीमा म्यानपावर कम्पनीले कामदार पठाएको पाइएमा त्यस्ता कम्पनीलाई कारबाही गरिने समेत उनले बताए।

अनलाइन प्रणाली लागू नहुँदा केही रोजगार व्यवसायी कम्पनीले झुक्याएर कालोसूचीमा परेका रोजगारदाता कम्पनीमा श्रमिक पठाउने गरेको भएपनि अनलाइन प्रणाली लागू भएपछि त्यो सम्भावना नरहेको उनको दाबी छ।

कालोसूचीमा राखिएका कम्पनीलाई सफ्टवेयरले सपोर्ट नगर्ने भएकाले व्यवसायीले छलछाम गर्न नसक्ने उनले जानकारी दिए।
सरकारले रोजगारदाता देशका फर्निचर कम्पनी, निर्माण कम्पनी, सप्लाईलगायतका कम्पनीलाई कालोसूचीमा राखेको हो।

रोजगारीका लागि विदेश पुगेका कामदारलाई रोजगारदाता कम्पनीले नै समस्यामा पार्ने गरेका उजुरी विभागमा दर्ता छन्। कामदार आपूर्ति गराउने समयमा एक किसिमको सम्झौता गर्ने र काम थालेपछि अर्कै काम तथा सेवासुविधा दिने गरेको उजुरीकर्ताको दाबी छ।

नेपालमा सम्झौता भएअनुसार काम र सेवा–सुविधा नपाएपछि रोजगारीमा गएका नेपाली युवा भागेर काम गर्न बाध्य हुने नेपाली पनि धेरै छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा मलेसिया र साउदी पुगेका युवा समस्यामा पर्ने क्रम बढ्दै गएको छ।

गत वर्ष मात्र २ हजारभन्दा बढी नेपाली कामदार समस्यामा परेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। बोर्डले मासिक ५० जनाभन्दा बढी कामदारलाई विदेशका विभिन्न स्थानबाट उद्धार गर्ने गरेको बताएको छ। बोर्डबाहेक अन्य संघसंस्थाले पनि उद्धारमा सहयोग गर्दै आएका छन्।

यी हुन् कालोसूचीमा परेका विदेशका कम्पनी

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ०४ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर