बेला न कुबेला भेनेजुएला !, भ्रष्टाचारको दलदलमा स्थानीय तह | Khabarhub Khabarhub

बेला न कुबेला भेनेजुएला !, भ्रष्टाचारको दलदलमा स्थानीय तह


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले बेला न कुबेल भेनेजुएला शीर्षकमा मुख्य समाचार छापेको छ । जसले नेकपा र सरकारमा तरंग मात्र ल्याएन, दूई अध्यक्षको मित्रतालाई समेत खल्बल्याएको छ । सामाजिक सञ्जाल र केही मिडियामा पनि यो भेनेजुएला लोकप्रिय हुँदै गएको छ । कुनै साइनो–सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाईको विषय पनि बनेको छ ।

त्यस्तै अन्नपूर्णले महिना ६, उजरी २७१६ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । स्थानीय तह भ्रष्टाचारको दलदलमा फसेका छन् । पछिल्लो ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवैदन्दा बढी उजुरी स्थानीय तहकै परेको पाइएको छ ।

केन्द्रमा १,४०९, प्रदेश १ मा ३२८, प्रदेश २ मा ५२२, प्रदेश ३ मा १४६, गण्डकी प्रदेशमा ९६, प्रदेश ५ मा २०४, कर्णाली प्रदेशमा १४३ र सुदूरपश्चिम प्रदेशमा ११३ गरी जम्मा २ हजार ७ सय १६ उजुरी परेका छन् ।

त्यस्तै अन्नपूर्णले मेलम्चीमा महाभूल शीर्षकमा सम्पादकीय छापेको छ । मेलम्ची खानेपानी आयोजना पुनः एकपटक कुशासनको सिकार भएको जनाएको छ । खानेपानीमन्त्री बिना मगरको अक्षमताका कारण उपत्यकामा यही वर्ष आइसक्ने मेलम्चीको पानी अब ठेक्का रद्द गराएर अनिश्चित तुल्याइएको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ७ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६