यथास्थितिमा सरकारलाई समर्थन गरिरहन सकिँदैन– यादव | Khabarhub Khabarhub

यथास्थितिमा सरकारलाई समर्थन गरिरहन सकिँदैन– यादव


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले वर्तमान अवस्थामा सरकारको समर्थन गर्न नसकिने बताएका छन् ।

खबरहव डट्कमको ‘न्यूज रुम’ अवलोकन पश्चात पछिल्लो राजनीतिक घटनाक्रम र राजपाबारे कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले राजनीतिक रुपमा सरकारले वेइमानी गरेको भन्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।

‘वर्तमान अवस्थामा सरकारलाई समर्थन गर्न सकिने अवस्था छैन,’ अध्यक्षमण्डलका सदस्य यादवले भने,‘राजनीतिक रुपमा सरकारले वेइमानी प्रस्तुत गरिरहेको छ ।’

उनले सरकारलाई दिएको समर्थने फिर्ता लिने विषयमा पार्टीमा छलफल भइरहेको बताए ।

नेता यादवले आफूहरु र संघीय समाजवादी फोरमबीच एकताको विषयमा कुरा गरिरहेको र ‘ग्रीन सिग्नल’ पर्खेर बसेको बताए । दुई पार्टीबीच कुरा मिलेमा फोरम पनि सरकारबाट बाहिरिने उनको दाबी छ ।

आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिए केपी ओली नेतृत्वको वर्तमान सरकार संकटमा पर्ने नेता यादवको भनाइ छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ०२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ