नेटवर्किङ ठगीको १६ वर्षे शृंखला, चिकित्सकदेखि चार्टर्ड एकाउन्टेन्टसम्मको संलग्नता | Khabarhub Khabarhub

नेटवर्किङ ठगीको १६ वर्षे शृंखला, चिकित्सकदेखि चार्टर्ड एकाउन्टेन्टसम्मको संलग्नता



काठमाडौं– सर्वोच्च अदालतले २०६८ सालमा नै पिरामिड शैलीको व्यापार अर्थात नेटवर्क व्यवसायमाथि प्रतिबन्ध लगाइसकेको थियो । तर, त्यस यतापनि पटक–पटक नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोह प्रहरी फन्दामा परिनै रहे ।

प्रहरीले शृङ्खलावद्ध उजागर गरेको घटना हेर्दा नेपालमा अझैपनि नेटवर्किङ व्यवसाय गुपचुपरुपमा चलिरहेका पाइन्छ ।

त्यसो त अहिले विश्व बजारमा ‘वान वल्र्ड वान बिजनेश’का नाममा पनि नेटवर्किङ विजनेस चलिरहेको छ । यसमा पनि कैंयौं नेपालीले आफ्नो पैसा खर्चिएका छन् भने लाभ पनि लिइरहेका होलान् ।

केही महिना अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)ले नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने आइबोस ग्लोबल मार्केटिङ कम्पनीको पर्दाफास गरेको थियो ।

आइबोस त एउटा पछिल्लो उदाहारण मात्र हो । यस अघि यस्तै प्रकारका नेटवर्कका नाममा ठगी गर्ने थुप्रै गिरोहहरुको वास्तविकता बाहिर आइसकेको छ ।

शृंखला १ – गोल्डक्वेष्ट नेटवर्कको ठगी धन्दा

झण्डै १६ वर्ष अगाडि ३५ हजार तिरेर सदस्य बनेवापत सुनको सिक्का पाउने लोभ र त्यसबापत धेरै नाफा कुम्ल्याउन  नेपालमा गोल्डक्वेस्ट नामको ठगी धन्दा शुरु भयो । भारतीय नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा १० हजारभन्दा बढी ठगिएको खुलेपछि सन् २००३ मा यसमा प्रतिबन्ध लाग्यो ।

शृंखला २ – युनिटी लाइफ इन्स्योरेन्स नेटवर्कको ठगी धन्दा

वि.सं. २०६० सालमा युनिटी लाइफ इस्योरेन्सको नाममा उही शैलीको ठगी धन्दा फेरि शुरु भयो ।

पहिलो श्रृंखलाबाट दोस्रोमा आइपुग्दा फरक के देखियो भने त्यतिखेर विदेशीहरुले सञ्चालन गरेका थिए तर, यो अवस्थामा नेपालीहरुकै प्रत्यक्ष संलग्नतामा रहेको पाइयो । युनिटीले बिमा, स्वास्थ्यलगायतको प्रलोभनमा पारेर ३ लाख ५० हजार सदस्यबाट पाँच अर्बभन्दा बढी रकम उठाएर ठगी गरेको रहस्य खुल्यो ।

शृंखला ३ – हर्बो इन्टरनेसनल नेटवर्कको ठगी धन्दा

हर्बो इन्टरनेसनल नेटवर्कले पनि हर्बल सामग्री व्यापारको आवरणमा ठगी गरेको खुल्यो । प्रहरीको छापापछी हर्बो इन्टरनेसनलसमेत बन्द नै भयो ।

शृंखला ४ – क्यूनेट नेटवर्कको ठगी धन्दा

२०७४ असारमा प्रहरीले क्यूनेट नामक नेटवर्किङ व्यवसायबाट करोडौं रकम ठगी भएको भन्दै १ सय २ जना पक्रिएको थियो । त्यसमध्य १४ जनालाई त प्रहरीले मुद्दा नै चलायो । त्यसमा चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नता भेटिएको थियो ।

शृंखला ५ – आइबोस ग्लोबल मार्केटिङको ठगी धन्दा

यही वर्ष गएको जेठमा आइबोस नेटवर्किङ व्यवसायबाट पनि करोडौं रकम ठगी भएको रहस्य खुलेको थियो । यी त केही ठूला नेटवर्किङ गिरोह मात्र हुन् । यो विचमा विडब्लु विएल लगाएत थुप्रै साना नेटवर्किङ ठगी गर्नेहरु पलायन भइसकेका थिए ।

यसरी हुन्छ नेटवर्कबाट ठगी

शुरुमा यस्तो व्यवसायमा तोकिएको पैसा तिरेर सदस्य बन्छन् । ती सदस्यले पनि पुनः नयाँ सदस्य बनाउनुपर्ने हुन्छ ।

अनि त्यसबापत पुरानोलाई सिमित कमिशन आँउछ । तर, यसका लागि सदस्य संख्या मिलाउनुपर्ने हुन्छ । प्रहरीका अनुसार यसरी सदस्य बनाउँदै जाँदा माथिल्लो लेयरका कर्मचारीले तल्लो लेयरकालाई ठग्दै जान्छन् । यसबाट सीमित व्यक्ति मालामाल हुन्छ तर, धेरैजसो व्यक्ति ठगिन्छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ०० बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको