आर्थिक वर्ष २०७६/७७ को बजेट– यी विषय प्राथमिकतामा | Khabarhub Khabarhub

आर्थिक वर्ष २०७६/७७ को बजेट– यी विषय प्राथमिकतामा


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकमाथि संसदमा छलफल शुरु भएको छ । विधेयक छलफलका लागि अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्ताव पेश गरेका छन् ।

प्रस्ताव पेश गर्दै अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनमा सरकारले छोटो समयमा हासिल गरेको उपलव्धिबाट सुशासन विकास र समृद्धिको दरिलो आधार तयार भएको दाबी गरेका छन् ।

यही आधारशिलाको जगमा उभिएर सामाजिक न्याय एवं उच्च आर्थिक वृद्धि सहितको समाजवाद उन्मुख रुपमा अघिबढ्ने गरि आगामी वर्षको बजेट तयार हुने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि नियन्त्रणमा आएको र यस वर्ष आन्तरिक बचत उल्लेख्य रुपमा वृद्धि भई राष्ट्रिय पुँजि नर्मिाणको बलियो आधार तयर भएको बताएका छन् । उनले लागनीमैत्री वतावरण बनेको र स्वदेशी तथा विदेशी लागानीको प्रतिवद्धता बढेको बताए ।

वित्तिय सेवा र पहुँच विस्तार भएको अर्थमन्त्रीको भनाइ थियो , आयातमा बृद्धि भएपनि निर्यातको क्षेत्रमा सुधार आएको उनको भनाइ थियो ।
अर्थमन्त्री खतिवडाले राजश्वको दायरा फराकिलो भएको र राजश्व चुहावट नियन्त्रण्मा आएको दाबी गरे ।

उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गर्दै गर्दा नेपालको संीवधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणालीलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएको बताए ।

उनले नीति तथा कार्यक्रमलाई पनि बजेटमा आधार मानिएको बताए । अहिले चलिरहेका कार्यक्रमको निरन्तरता र वामपन्थी सरकारको घोषणा पत्रलाई आधार बनाइएको उनको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाका अनुसार लोककल्याण्कारी राज्य स्थापनामा ध्यान केन्द्रीत गर्दै बजेट निर्माण हुनेछ ।

सबै नेपालीलाई क्रमशः सामाजिक सुरक्षाको दायरामा ल्याउने काम गरिने उनको भनाइ छ । उनले भने,‘आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूजीको सम्बर्धन बजेटका सिद्धान्त हुनेछन् ।’

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १२ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६